५ आश्विन २०८१, शनिबार | September 21, 2024

ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु



बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ गोरक्षेश्वर मन्दिर नजिकै ग्यास बुलेटको ठक्करबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ ।

हेटौँडाबाट थानाभ¥याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका-११ थानाभ¥याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि हेटौँडा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरीले बुलेट र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ८ : २८ बजे

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको

घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन

काठमाडौँ । दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु

नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

काठमाडौं । नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

बागलुङमा चट्याङ लागेर एकको मृत्यु

बागलुङ । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रंजना बुढाको गत