५ आश्विन २०८१, शनिबार | September 22, 2024

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन ।

संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले कांग्रेसको नेतृत्वमा जननिर्वाचित प्रतिनिधिद्वारा विसं २०७२ असोज ३ गते संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताए । “यो संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको छ । संविधान जारी भएको यो ऐतिहासिक दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रूपमा मनाउँदै आएका छौँ”, सभापति देउवाले शुभकामना सन्देशमा भनेका छन ।

उनले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन । आजको यस घडीमा संविधानको सफलतासँगै देशको समुन्नतिलाई सुनिश्चित गर्ने सङ्कल्प जरूरी रहेको सभापति देउवाको भनाइ छ ।

पूर्वप्रधानमन्त्री देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात वीर सहिदको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन । “विगतका हरेक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाई गरेका अग्रज नेतागण, विभिन्न आन्दोलनका क्रममा ज्यानको आहुति दिने वीर सहिदहरू, लोकतन्त्र प्राप्तिको आन्दोलनमा त्याग, सङ्घर्ष र योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्व, हरेक आन्दोलनमा साथ सहयोग गर्ने नागरिकलगायत सबैप्रति उच्च सम्मान प्रकट गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ८ : ४४ बजे

भैरहवामा नेपाली महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा ४ भारतीय सहित ६ जना पक्राउ

भैरहवा । भारतबाट नेपाल आएर जबरजस्ती करणी गरेको आरोपमा ४

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शत्प्रतिशत विद्यार्थी पास

सुर्खेत । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको परीक्षामा कर्णाली स्वास्थ्य

पत्रकार तथा सञ्चारकर्मी पुरस्कृत गर्दै प्रेस काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास

नेपालीका लागि जुनसुकै देश शैक्षिक गन्तब्य बन्नसक्छ : महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सूचना प्रविधि र विश्वव्यापीकरणको युगमा

जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी

ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ले