२७ पुस २०८१, शनिबार | January 11, 2025

मलेखु-मुग्लिन सडक स्तरोन्नति सुस्त



चितवन । मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ ।

पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति थालिएको हो । उक्त सडक खण्ड ३९ किलोमिटर छ । नागढुङ्गा–मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार नक्साङ्कन परिवर्तन, वर्षात र चाडपर्वका कारण काम लक्ष्यअनुसार हुन नसकेको हो ।

भारतीय परामर्शदाता कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा तथ्याङ्क गलत भएपछि सुधार गरेर पुनः तयार गर्दा थप छ महिना काम गर्न नपाएको आचार्यको भनाइ छ ।

उनका अनुसार हाल पाँचवटा पुलको जग र पिल्लर निर्माण भएको छ । नाली निर्माण, मोड सुधार, टेवा पर्खालको काम, कल्भर्ट विस्तार र सडक चौडा भइरहेको छ । यस सडकका आठ पुलमध्ये छ पुल निर्माणका लागि ठेक्का लागेको थियो । तीमध्ये पाँचवटाको काम भइरहेको उनले जानकारी दिए। हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुङ्गिएकाले काम सुरु हुनसकेको छैन । हुग्दीको पुल वर्षातपछि थालिने उनले बताए ।

सडक स्तरोन्नति विश्व बैंकको सहयोगमा थालिएको हो । शर्मा–जेडआई सिजी जेभीले रु चार अर्ब ८० करोडमा ठेक्का सम्झौता गरेको छ । यो योजनाअन्तर्गत पृथ्वी राजमार्गमा ‘डेडिकेटेड’ दुई लेनको सडक बनाइँदैछ । हाल यो सडकको चौडाई सात मिटर छ । अब सडक कम्तीमा नौ मिटर चौडाइको बन्ने आयोजना कार्यालयले जनाएको छ । बाक्लो बस्तीका चार ठाउँमा सडक चार लेनको बन्नेछ । विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटारमा गरेर सात दशमलव १५ किलोमिटर सडक चार लेनको बन्ने छन् । चार लेन सडक १४ मिटर फराकिलो हुने जनाइएको छ ।

राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुद् काम गर्नुपरेको उनको भनाइ छ । समयमा काम गर्न कठिन भएकाले हिँउद लागेपछि कामले तीव्रता पाउने उनले बताए ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ४ : २० बजे

देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता

काठमाडौं । जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी

कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

बोगोटा । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा

राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ

मनाङ । मनाङको पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस

संसद तालाबन्दी गरेर ल्याएको अध्यादेश राष्ट्रपतिले अस्वीकार गर्नेछन् : सोविता गौतम

काठमाडौं संघीय संसदको हिउँदे अधिवेसन नबोलाएकोमा असन्तुष्टी बढदै गएको छ

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड

काठमाडौँ । प्रेस चौतारी नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध