३ आश्विन २०८१, बिहिबार | September 19, 2024

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव



बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ । सोमबार बिहान तिलोत्तमा नगरपालिका वडा नम्बर-१३ चिलिया स्थित खेतमा जेब्रा झोलामा पोका पारिएको अवस्थामा अन्दाजी २५/२६ वर्ष उमेरका युवाको शव फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार खेतमा काम गर्न गएका स्थानीयले बोरामा पोका पारेको अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार उक्त शव करिब १ सातादेखि रहेको हुन सक्ने प्रहरी नायव उपरीक्षक पण्डितले बताए । मधेशी मूलको जस्तो देखिने उक्त पुरुषको शवलाई भित्रबाट प्लाष्टिकको बोरामा पोको पारी बाहिरबाट तन्ना र त्यसबाहिर जेब्रा झोलामा पोका पारिएको अवस्थामा भेटिएको हो ।

शवलाई पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । शव बारे कुनै पनि पहिचान नखुलेको र हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ५ : २८ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको