२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

कोलकाता बलात्कार केस- मेडिकल कलेजका पुर्व प्रमुख र पुलिस स्टेशन इन्चार्ज प्रक्राउ



काठमाडौँ । भारतको कोलकाताको सरकारी आरजी कार मेडिकल कलेज अस्पतालमा एक डाक्टरको बलात्कार र हत्याको आरोपमा मेडिकल कलेजका पूर्व प्रमुख सन्दीप घोष र ताला पुलिस स्टेशनका इन्चार्ज अभिजीत मण्डललाई सीबीआईले पक्राउ गरेको छ ।

भारतीय मिडियाका अनुसार सीबीआईले उनीहरुलाई प्रमाणसँग छेडछाड गरेको, बेपत्ता पार्ने र ढिलो गरी एफआईआर दर्ता गरेको आरोपमा शनिबार राति पक्राउ गरेको हो । अब यी दुवै अभियुक्तलाई आज अदालतमा पेश गरिने बताइएको छ ।

सन्दीप घोष यसअघि नै आर्थिक घोटाला मुद्दामा सिबीआईको हिरासतमा छन् । हाल उनलाई २३ सेप्टेम्बरसम्म प्रेसिडेन्सी कारागारमा न्यायिक हिरासतमा राखिएको छ । अब सीबीआईले उनलाई नयाँ मुद्दामा हिरासतमा लिने प्रयास गर्न सक्छ ।

पहिलो दिनदेखि नै सन्दीप घोष र कोलकाता प्रहरीविरुद्ध मुद्दा लुकाउने र प्रमाणसँग छेडछाड गरेको आरोप लाग्दै आएको थियो । त्यस्तै यसअघि पनि अप्राकृतिक मृत्युको मुद्दा दर्ता भएको थियो । शवको पोस्टमार्टम र दाहसंस्कार पछि घटनाको एफआईआर दर्ता गरिएको थियो ।

यस मामिलामा सञ्जय राई नामका नागरिक स्वयंसेवक यसअघि नै पक्राउ परेका छन् । उनी हाल सीबीआईको हिरासतमा छन् । अहिले यस मुद्दामा जम्मा तीन अभियुक्त पक्राउ परेका छन् । घटना भएको क्षेत्र ताला प्रहरी चौकी अन्तर्गत पर्दछ । यसका ओसी अभिजित मण्डल बिरामीको बहानामा सेप्टेम्बर ५ गते निजी अस्पतालमा भर्ना भएका थिए ।

उनलाई सोधपुछका लागि शनिबार सीबीआईको कार्यालयमा बोलाइएको थियो । बयानमा भिन्नता देखिएपछि राति उनलाई पक्राउ गरिएको सीबीआईले जनाएको छ । यता, आन्दोलनरत जुनियर डाक्टरहरूले यी पक्राउप्रति सन्तुष्टि जनाएका छन् । उनले यसलाई न्यायतर्फको ठोस कदम भनेका छन् ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  १२ : ०५ बजे

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई

सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज

वैदेशिक रोजगारले टुटेको राजकुमारको घर

खजुरा । झरेको पात झैं भयो, उजाड मेरो जिन्दगी, निभेको

दाङमा सर्प महोत्सव हुँदै

दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस