४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्लान इन्टरनेशनल हङकङको उच्चस्तरीय टोली बाँके र बर्दिया भ्रमणमा



नेपालगन्ज । प्लान इन्टरनेशनल हङकङका प्रतिनिधिहरूको एक उच्चस्तरीय टोलीले बाँके र बर्दियाको भ्रमण गरेर दुबै जिल्लामा सञ्चालित परियोजना र ती परियोजनाले पारेको प्रभावका बारेमा बिस्तृत जानकारी लिएको छ ।

प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा दुबै जिल्लामा सञ्चालन गरिएका परियोजनाले समाजमा पारेको प्रभावसंगै देखिएका समस्याका बारेमा पनि सो टोलीले छलफल गरेको बाँके युनेस्को क्लबले जनाएको छ ।

सो उच्च्स्तरीय टोलीमा प्लान इन्टरनेशनल हङकङका डा कानिए सियु, टेलिभिजन अभिनेत्री एवं सेलिब्रिटी एम्बेसडर म्यान्डी वोंग, फन्ड रेजिङ म्यानेजर चेर्ब, कम्युनिकेसन म्यानेजर जान, म्यान्डीका सहायक तथा फोटोग्राफर ड्यानियल, भिडियोग्राफर एमी र रेमन्ड सहभागी थिए ।

उनीहरुसंगै प्लान नेपालका व्यवसाय विकास निर्देशक उपेन्द्र श्रेष्ठ, कम्युनिकेसन म्यानेजर सृजना बज्राचार्य र स्पोन्सरशिप कोअर्डिनेटर जनक गिरीको पनि सहभागिता रहेको थियो ।

टोलीले दुई दिने भ्रमणका क्रममा बर्दियाको राजापुर पुगेर राजापुर नगरपालिका–८, स्थित भेरी मावि पुगेर विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ, विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई बालमैत्री र समावेशी विद्यालय वातावरण, छात्राहरूको नियमित उपस्थिति, महिनावारी स्वच्छता व्यवस्थापन, गुनासो सम्बोधन प्रणाली, ड्रपआउट दर र यसको समाधान, बाल क्लबका सदस्यहरूको पहल र बाल विवाह रोक्नका लागि उनीहरूको भूमिका तथा स्थानीय सरकारको सहकार्यमा भएका गतिविधिहरू बारेमा छलफल गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक शिवप्रसादले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने ठोस योजना, बालिका शिक्षा प्रवद्र्धन र बाल विवाह न्यूनीकरणका लागि विद्यालयलाई समावेशी र सुरक्षित बनाउन गरिएको निरन्तर प्रयासका बारेमा जानकारी गराएका थिए ।

बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक महेश नेपालीले बाल विवाह न्यूनीकरण, बालक्लब र बाल अधिकार समितिलाई सक्षम बनाउने, शिक्षकहरूलाई तालिम दिने र बाल विवाह न्यूनीकरण परियोजनाबाट प्राप्त उपलब्धिहरूको बारेमा जानकारी गराए ।

भ्रमणको दोस्रो दिन सो टोलीले बर्दियाको बढैयाताल गाउँपालिका–७ को कार्यालय पुगेर वडा अध्यक्ष राधेश्याम थारु, वडा सदस्यहरू, नगरपालिकाका कार्यकारी सदस्यहरू, बडघर, न्यायिक समिति सदस्य, धार्मिक नेताहरू र सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसँग अन्तरक्रिया गरेको छ ।

सो अवसरमा वडाध्यक्ष राधेश्याम थारुले बाल श्रम अन्त्य र वडालाई बाल विवाह मुक्त घोषणा गर्न परियोजनाले ठुलो सहयोग गरेको बताए । उनले धार्मिक समूहहरूको सक्रिय भूमिकाको प्रशंसा गर्दै भारत–नेपाल खुला सिमानाका कारण मानव तस्करी र लागू औषधको चुनौती र सो रोकथामका लागि गरिएका प्रयासहरूका बारेमा पनि जानकारी गराए ।

टोलीले आजै बाँकेको कोहलपुर पुगेर नगरस्तरीय युवा क्लबका सदस्यहरूसँग अन्तरक्रिया गरेको थियो । नगरस्तरीय युवा क्लबका अध्यक्ष रमेश वोरले मानव तस्करी, लागू औषध दुव्र्यसन, लैंगिक हिंसा, बाल श्रम, बालबालिका, महिला र युवतीहरूको विरुद्ध हुने सबै प्रकारका हिंसाविरुद्ध विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराए । टोलीले सो अवसरमा क्लबको अथक प्रयासहरूको प्रशंसा गरेको थियो ।

उक्त दुई दिने भ्रमणमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधर, प्रमुख संरक्षक परवेज अली सिद्दिकी, कार्यकारी निर्देशक महेश नेपाली, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी र लगिस्टिक अफिसर शंकर सिंह थारु लगायतको पनि सहभागिता रहेको थियो ।

भ्रमणको प्रमुख उद्देश्य बाल विवाह र जबर्जस्ती विवाह न्यूनीकरण, मानव तस्करी र लागू औषधको दुव्र्यसन विरुद्ध अभियान चलाउने अनुभवहरू स्थानीय सरकार र अन्य संस्थाका प्रतिनिधिहरूसँग साझा गर्ने रहेको बाँके युनेस्को क्लबका अध्यक्ष तुलाधरले बताए ।

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  ९ : २९ बजे

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

बागलुङ । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

देशभर मनसुनी वायुको प्रभाव कायम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल

अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस

काठमाडौँ । विश्वका विभिन्न देशमा अवस्थित नेपालका राजदूतावासमा संविधान दिवस