३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति : प्रधानमन्त्री ओली



ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति भएको बताएका छन् ।

ज्यापु समाज यलको ३१औँ वार्षिकोत्सव तथा ११ औँ साधारणसभाका अवसरमा आज ललितपुरको मङ्गलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेवाः संस्कृतिकै कारण नेपाल सांस्कृतिक हिसाबले सम्पन्न भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेवार समुदायमा पाइने खानाका अनेकौँ परिकार, मन्दिरहरुका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यता गरिमायुक्त रहेको बताउँदै संस्कृति र सभ्यता बिग्रिएमा सयौँ वर्षसम्म पनि बनाउन नसकिने उल्लेख गरे । “राजनीतिक र आर्थिक स्थिति बिग्रिएमा केही वर्षमा बनाउन सकिन्छ । संस्कृति र सभ्यता बिग्रएमा फेरि जगेर्ना गर्न सकिँदैन ।” प्रधानमन्त्री ओलीले भने, “हाम्रो संस्कृति र सभ्यता अमर रहोस् भनेर ज्येष्ठ नागरिकहरुले कामना गरिरहनुभएको छ । संस्कृति र सभ्यतालाई युवा पुस्तामा पुस्तान्तरण गर्दै जानु हामी सबैको दायित्व हो । यस दायित्वमा ज्यापु समाजको योगदानलाई म धन्यवाद भन्न चाहान्छु ।”

प्रथम महिला राधिका शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्यापु समाजका सदस्य रहेर समाजका विभिन्न पेसा र क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तित्वहरुलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  ४ : २७ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको