३ आश्विन २०८१, बिहिबार | September 19, 2024

उपसभामुख प्रकरण पर्ख र हेरको अवस्थामा रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथि छलफल गरेको छ ।

बुधबार बसेको सचिवालयको बैठकमा सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउने तयारी गरेको विषयमा पार्टीभित्र छलफल भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

उनले भने, ‘लगभग १८/१९ महिना अगाडि भिसाका लागि हस्ताक्षर गर्नु भएको रहेछ । उहाँले अन्तरवार्ताका लागि अमेरिकी दूतावासमा पत्राचार गर्नुभएको रहेछ । त्यो सही विषय त थिएन। आज आएर गलत भएको पनि होइन, उहाँहरुले अहिले दाउपेचमा पार्नु भएको छ। गठबन्धन बनेपछि यो विषय सान्दर्भिक भएको हो । यसमा नराम्रो भयो भने कानुनी प्रक्रिया छ नि । छानबिन हुनुपर्छ । रानाले स्पष्टीकरण दिने मौका पाउनुपर्छ।’

उनले संवैधानिक परिषद्मा आफ्नो उपस्थिति नहुने भएपछि कांग्रेसको पहलमा यो कदम चालिएको बताए । झाले आफुहरु पर्ख र हेरको अवस्थामा रहेको बताउदै यस विषयलाई कसरी प्रतिकार गर्ने भन्ने तयारी गरिरहेको बताए ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  १ : ४० बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको