२ बैशाख २०८२, मंगलबार | April 15, 2025

प्रहरीले हस्तक्षप गरेर निषेधित क्षेत्रबाट हटाईएका पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु



मोरङ । कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गरेका छन् ।

आज अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा चोकको वनखण्डी मन्दिर आगाडि अनसन सुरु गरेपछि उनलाई प्रहरीले निषेधित क्षेत्र उल्लङघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार उनलाई नियन्त्रणमा लिइ घर पु¥याइएको थियो ।

“निषेधित क्षेत्रमा अनसन बसेपछि उहाँलाई नियन्त्रणमा लिइ उहाँकै घर लगेर छाडिएका थियौँ, अहिले निषेधित क्षेत्रभन्दा बाहिर बसेर उहाँले पुनः अनसन सुरु गर्नुभएको छ”, उनले भने ।

दश वर्षमुनिका बालबालिकाको विशिष्टिकृत उपचार सेवा निःशुल्क हुनुपर्नेलगायत माग राखेर पूर्वमुख्यमन्त्री कार्कीले आजदेखि अनसन सुरु गरेका हुन् ।

कार्कीले आज अपराह्न ४ बजेदेखि अनसन सुरु गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले विराटनगर–७ स्थित देवकोटा चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  १० : १७ बजे

भैरहवा र पोखराबाट उडान गर्न कतार एयरवेजलाई नेपालको आग्रह

काठमाडौँ । कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन चासो देखाएको

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, ग्यासको यथावत

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

जागरण अभियानका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितको टोली बर्दघाटमा

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तराई मधेश

नेपाली सेनाको पदयात्रा टोलीलाई पाल्पामा स्वागत

पाल्पा । नेपाली सेनाको पदयात्रा टोली पाल्पा आइपुगेको छ ।

बुटवलमा उत्पादीत भोला, करेन्ट र जीत ब्राण्डको गुट्खा, सुर्तीलाई देशैभर बिक्रि वितरणमा रोक

काठमाडौं । उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति