३० चैत्र २०८१, शनिबार | April 12, 2025

कोशीका पूर्व मुख्यमन्त्री कार्की आमरण अनशन बस्दै



विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै उनी आमरण अनशन लागेका हुन् ।

उनले गत आइतबार प्रदेश सभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घन्टे ध्यानाकर्षण पत्र पठाएका थिए । कार्कीले आज दिउँसो ४ बजेदेखि आमरण अनशन बस्न लागेका हुन् ।

उनले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेश सभा परिसरमा अनशन बस्ने तयारी गरेका छन्। आफ्नो माग पूरा नभएसम्म अनशनबाट पछि नहट्ने उनले बताएका छन् ।

उनी आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनशनमा बस्न लागेका हुन् ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  १० : ३० बजे

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि ट्रिनेटी क्लब वालिङलाई

बुटवल । ट्रिनेटी युवा क्लब वालिङ बुटवलमा जारी प्रिती प्रथम

पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँदै रिडी क्षेत्रमा रहेको स्याङ्जाको हुनुमान वाटीका

गुल्मी । गुल्मीको रिडी क्षेत्रमा रहेको कालीगण्डकी गाउँपालिका स्याङ्जाको हनुमान

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौँ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको