७ पुस २०८१, आइतबार | December 22, 2024

‘चलायमान वजारका लागि परम्परागत योजनाले काम गर्न नसक्ने’



बुटवल । बुटवलको विकासका लागि योजनाबद्ध नयाँ कार्यक्रम र लक्ष्य तयार गर्नु पर्ने आवश्यकतामा जोड दिइएको छ । चलायमान वजारका लागि परम्परागत योजनाले काम गर्न नसक्ने बताउदै बुटवलको वजारलाई चलायमान बनाउनका लागि नयाँ शहरको अवधारणासहित योजनाबद्ध कार्यक्रम तयार गर्नु पर्ने माग गरिएको छ ।

रुपन्देही व्यापार संघले सोमवार बुटवलमा आयोजना गरेको बुटवल वजारको वर्तमान अवस्था र आगामी सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले बुटवलको वर्तमान अवस्था व्यवसायीक तथा व्यापारीक हिसाबले खस्कदो अवस्थामा रहेको उल्लेख गर्दै त्यसको रक्षाका लागि नया ढंगको सोचको आवश्यक्ता भएको बताएका थिए । उनीहरुले व्यवसाय सञ्चालनमा देखिएका कठिनाई र अवरोधहरु कुनै एउटा कारणले मात्र नभएर विभिन्न कारणहरुबाट भएको बताउदै त्यसको समाधानका लागि योजनावद्ध कार्यक्रमहरु जरुरी रहेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नरिश्वर पौडेलले बुटवलको भविश्य यहाँको व्यापार व्यवसायसंग जोडिएको हुदा त्यसलाई व्यवस्थित बनाउने र त्यसभित्रका समस्याहरुलाई पहिचान गरि समाधान गर्न लाग्नु पर्ने कु्रामा जोड दिए ।
उनले बुटवल वजारको वर्तमान खस्कदो अवस्थाले सबैलाई चिन्तित बनाएको हुँदा आगामी भविश्य सुरक्षित गर्नका लागि घरधनी, व्यापारी तथा स्थानिय सरकारवीचको सहकार्य जरुरी बताउनु भयो । व्यवसायमा आएको परिर्वतन र चर्को घरभाडाले व्यवसाय गर्न निकै कठिनाई उत्पन्न भएकोतर्फ सचेत बन्न आग्रह गरे ।

बुटवल उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले बुटवल वजारको खस्दो अवस्थाबाट माथि उठाउनका लागि सिमाबाट हुने चोरी पैठारी रोक्दै व्यवसायमा विविधिकरण गर्न आग्रह गर्दै वजार क्षेत्रमा रहेको ट्राफिक समस्या समाधान गर्न आफ्नो प्रतिवद्धता व्यक्त गरे । उनले घरधनीहरुलाई चर्को घरभाडा नलिन आग्रह गर्नै वजार विस्थापन भएमा घरधनीहरु पनि मर्कामा पर्ने हुदा गम्भिर बनिदिन अनुरोध गरे ।

कार्यक्रममा ब्यापार संघका अध्यक्ष दिपक कुमार अधिकारीले चर्को घरभाडासंगै विभिन्न कारणले व्यापार व्यवसाय खस्कँदै जाँदा बुटवलको वजारबाट धेरै व्यवसायीहरु पलायन र विस्थापित हुने अवस्था सिर्जना भएको बताउदै बुटवल वजारमा झण्डै ४ सय सटर खाली भएको उल्लेख गरे । उनले यसरी सटर खाली हुँदा एकातिर घरधनीको आम्दानीको स्रोत घटेको छ भने अर्कोतिर उपमहानगरपालिकाले ठूलो अंकमा राजस्व समेत गुमाएको जनाए । उनले वुटवल वजारलाई बचाउनका लागि वहालमा दिने र बस्ने पक्षबिचको सम्बन्ध प्रगाढ र सुमधुर बनाउनु जरुरी रहेको बताए ।

अध्यक्ष अधिकारीले बुटवल वजारलाई बचाउने दायित्व स्थानीय सरकारको भएको हुँदा यहाका व्यवसायी र घरधनीवीच समन्वयको काम गर्न आग्रह गर्दै स्थानीय सरकारको भूमिकाले वजारलाई बचाउन धेरै भूमिका खेल्ने हुदा त्यसमा गम्भिर बन्न सुझाव दिए ।

कार्यक्रममा संघकोतर्फबाट अवधारणा प्रस्तुत गर्दै प्रथम उपाध्यक्ष दयानिधि भण्डारीले कुनै वेला प्रमुख चलायमान व्यापारिक केन्द्रका रुपमा रहेको कपिलबस्तु र अर्घाखाचीको सिमामा रहेको पत्थरकोट वजार समयमै दुरदृष्टि राख्न नसक्दा विरासत गुमाएको अवस्थामा पुगेको उल्लेख गर्दै बुटवललाई पनि बचाउन समयमा सचेत बन्न जरुरी रहेको बताए ।

कार्यक्रममा घरवहाल सरोकार संघका अधयक्ष राजु लिगल, बुटवल उपमहानगरपालिका वडा नं. १० का सदस्य रमेश अधिकारी, घरधनी रामकाजी श्रेष्ठ, व्यवसायी प्रकाश भण्डारी लगायत बोलेका थिए ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ६ : ११ बजे

रवि लामिछानेको मुद्दाको विषयबारे प्रहरीले सभामुखलाई जानकारी गरायो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुख देवराज घिमिरेलाई पत्र

मध्यपुरबाट बिदा भए देवगण

भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा एक सातासम्म बसेर विभिन्न टोलमा परिक्रमा,

दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त

काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा

जमिनमुनी गाडीएको सुन भन्दै २ करोड ठगी गर्ने एकजना पक्राउ

नेपालगन्ज । जमिनमुनी सुन छ भन्दै २ करोड ठगी गर्ने

सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक

काठमाडौं । सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको