२३ चैत्र २०८१, शनिबार | April 5, 2025

सत्तारूढ दलका शीर्ष नेताहरुबीच छलफल



काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित सत्तारूढ नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सो पार्टीका नेताहरु गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल सहभागी थिए ।

छलफलमा सरकारका कामकारबाहीको समीक्षाका साथै थप प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सहमतिबमोजिम एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

कांग्रेस र एमालेबीच १७ असारमा सातबुुँदे सहमति भएको थियो । दुई दलको बहुमत भए पनि जसपा, लोसपा र नाउपालाई पनि सरकारमै सहभागी गराइएको छ भने जनमत पार्टीको पनि समर्थन छ ।

तर सरकार बनेको दुई महिना भइसक्दा पनि न्यूनतम साझा कार्यक्रम बनेको छैन ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ९ : २७ बजे

राष्ट्रिय खुला टी-२० क्रिकेट : स्याङ्जा र काठमाडौंको विजयी सुरुआत

कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी

रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

गण्डकी । कास्कीको रुपा गाउँपालिका-६ तालबेँसी फाँटमा करिब तीन मिटर

हराउँदै चैतेदसैँ मेलाको मौलिकता

बागलुङ । ‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’ ‘बागलुङ

बुटवलमा प्रथम उपमेयर फुटबल प्रतियोगिता सुरु, आयोजक बिस पचहत्तर क्लबको विजयी शुरुवात

बुटवल । रुपन्देहीमा शुरु भएको प्रिती प्रथम उपमेयर कप नकआउट

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक