३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने



काठमाडौं । नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको छ । बुधबार क्यानडा क्रिकेट संघले सिरिजको खेल तालिका प्रकाशित गरेसँगै नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको हो ।

यो टी-२० आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज पछि हुने भएको छ । लिग-२ सिरिजमा पनि घरेलु टोली क्यानडा, नेपाल र ओमान सहभागी हुदै छन् ।

खेलतालिका अनुसार सेप्टेम्बर १६ देखि २६ सम्म लिग-२ अन्तर्गतको सिरिज हुने छन् भने २९ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म टी-२० सिरिज हुने छ ।

टी( २० सिरिज पछि नेपालले क्यानडासँग एकदिवसीय सिरिज खेल्ने पनि क्यानको बार्षिक क्यालेन्डरमा उल्लेख छ तर यस सिरिजका बारेमा क्यानले अहिले स्पष्ट गरेको छैन ।

हाल नेपाली राष्ट्रिय क्रिकेट टिम लिग-२ को सिरिजको तयारीका लागि श्रीलंकामा अभ्यास गरिरहेको छ ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  १० : ४८ बजे

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य