८ पुस २०८१, सोमबार | December 23, 2024

चीनको बेइजिङमा ‘प्लाष्टिकको विकल्प बाँस’सम्बन्धी नवप्रवर्तन तालिम सुरु, नेपाल पनि सहभागी



बेइजिङ । चीनको राजधानी बेइजिङमा प्लाष्टिकको विकल्प बाँससम्बन्धी नवप्रवर्तन तालिम सुरु भएको छ ।

अन्तर्राष्ट्रिय बाँस तथा रतन केन्द्र र चीनको वाणिज्य मन्त्रालयको आयोजनामा २९ अगष्टदेखि सुरु भएको तालिममा “बेल्ट एण्ड रोड“ राष्ट्रहरूमा “बाँस प्लास्टिकको विकल्प“ सम्बन्धी प्रविधि नवप्रवर्तन तालिम कार्यक्रम सुरु भएको हो ।

सो कार्यक्रमलाई अन्तर्राष्ट्रिय बाँस तथा रटन संगठन (इनवार)का सह–अध्यक्ष एवं अन्तर्राष्ट्रिय बाँस तथा रटन केन्द्रका प्रमुख वैज्ञानिक र अन्तर्राष्ट्रिय काठ विज्ञान प्रतिष्ठानका सदस्य जियाङ झेहुई, र चीनको राष्ट्रिय वन तथा घाँस प्रशासनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सिया जुनले उद्घाटन समारोहलाई सम्बोधन गरेका छन् ।

नेपालको समेत सहभागिता रहेको सो कार्यक्रममा अन्तर्राष्ट्रिय बाँस तथा रटन संगठनका अध्यक्ष अलि मुक्चुमले भने भिडियो मार्फत सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै इनवारका सहअध्यक्ष जियाङ झेहुईले बाँस र रटन एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका विकासोन्मुख देशहरूमा व्यापक रूपमा पाइने महत्वपूर्ण नवीकरणीय स्रोत भएको बताए । उनले बाँस तथा रटन स्रोतहरूको दिगो विकास र प्रयोगले विकासशील देशहरूमा जीवनस्तर सुधार्न, गरिबी घटाउन, अर्थतन्त्र विकास गर्न र वातावरण संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने जिकिर गरे ।

सन् २०२२ को नोभेम्बरमा, चीन सरकारले अन्तर्राष्ट्रिय बाँस तथा रटन संगठनसँग मिलेर ‘प्लास्टिकको विकल्प बाँस’ अभियान सुरु गरेको थियो । सन् २०२३ को नोभेम्बरमा, “बाँसले प्लास्टिकको विकल्पका लागि विश्वव्यापी कार्य योजना“ संयुक्त रूपमा सार्वजनिक गरिएको थियो जसले विश्वभर बाँस तथा रटन उद्योगको दिगो विकासका लागि नयाँ मार्ग र ऊर्जा प्रदान गरेको छ ।

यस तालिम कार्यक्रमको उद्देश्य बाँस स्रोतहरूको दिगो विकास र प्रयोग, उद्योग विकास, प्रविधि नवप्रवर्तन विशेष गरी “बाँसले प्लास्टिकको विकल्प“ सम्बन्धी नीतिहरू, प्रविधि, अनुभव र उपलब्धिहरूलाई बाँडेर सहभागी देशका प्रशिक्षार्थीहरूलाई आर्थिक, सामाजिक र वातावरणीय दिगो विकासमा बाँसको महत्त्वपूर्ण भूमिकाबारे पर्याप्त जानकारी गराउनु रहेको छ । बाँस उद्योग विकासका सम्बन्धमा आवश्यक प्रविधि र अभ्यासको गहिरो ज्ञान दिनु, र ‘बेल्ट एण्ड रोड’मा संलग्न राष्ट्रहरूलाई बाँसका स्रोतहरूको दिगो विकास र प्रयोग, प्लास्टिकको विकल्पमा बाँसको प्रवर्द्धन, हरित विकास प्राप्तिका लागि प्रेरणा र नमूना प्रदान गर्नु कार्यक्रमको अर्को उद्देश्य हो ।

इनवारका अध्यक्ष अलि मुक्चुमका अनुसार अन्तर्राष्ट्रिय बाँस तथा रतन संगठनको मिशन ‘बेल्ट एण्ड रोड’ पहलका समग्र लक्ष्यहरूसँग निकटतापूर्वक मेल खान्छ । ‘बाँसका स्रोतको दिगो प्रयोगमा चीन विश्वभर अग्रणी स्थानमा छ’, कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मुक्चुमले भने, ‘यो तालिम कार्यक्रमले सहभागी देशहरूको बाँस तथा रतन विकासका लागि नयाँ अवसरहरू ल्याउनेछ । अन्तर्राष्ट्रिय बाँस तथा रतन संगठन “बेल्ट एण्ड रोड“ आसपासका देशहरूसँग नजिकबाट सहकार्य गर्न तयार छ ।’

चीनको राष्ट्रिय वन तथा घाँस प्रशासनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सिया जुनले भने ‘राष्ट्रको वैदेशिक सहयोग रणनीति कार्यान्वयन गर्न, दक्षिण–दक्षिणबीचको सहयोगलाई गहिरो बनाउन, चीन सरकारले तालिम जस्ता सहयोगका कार्यक्रमहरू सफलताका साथ सञ्चालन गरिरहेको छ । यो चीनको वन तथा घाँस क्षेत्रको अन्तर्राष्ट्रिय सहकार्यको महत्वपूर्ण हिस्सा पनि हो । हामी विश्वभरिका देशहरूसँग चीनको वन तथा घाँस क्षेत्र र बाँस तथा रतन क्षेत्रका परिपक्क प्रविधि र अभ्यास अनुभवहरू बाँड्न चाहन्छौं, साथै राम्रा अनुभव र अभ्यासहरू आदानप्रदान गरेर साझा विकासलाई प्रवर्द्धन गर्न र सम्पूर्ण मानव जातिको लाभका लागि काम गर्न चाहन्छौं ।’

उद्घाटन कार्यक्रममा अन्तर्राष्ट्रिय बाँस तथा रटन संगठनका उप–महासचिव लु वेनमिङ, अन्तर्राष्ट्रिय बाँस तथा रतन संगठनको बोर्डको अध्यक्ष राष्ट्रका प्रतिनिधि र चीनका लागि नेपाली दूतावासकी सुुमित्रा पौडेल पनि उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । अन्तर्राष्ट्रिय बाँस तथा रटन केन्द्रका पार्टी सचिव तथा उप–निर्देशक यिन गाङ्चियाङले उद्घाटन समारोहको सञ्चालन गरेका थिए ।

यस तालिम कार्यक्रममा मलेसिया, नेपाल, बंगलादेश, टर्की, कोस्टारिका लगायत ५ देशका २२ जना प्रशिक्षार्थीहरू सहभागी भएका छन् । तालिम बेइजिङ र फुजियानको नानपिङमा १४ दिनसम्म चल्नेछ ।

नेपाल इनवारको सदस्य राष्ट्र हो । सन् २०२३-२०२५ का लागि नेपाल इनवारको १३औं काउन्सिल सत्रको अध्यक्ष राष्ट्रको रुपमा चयन भएको थियो ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  ८ : २१ बजे

गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा

गोरखा । गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि

सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित

काठमाडौं । मन्त्रिपरिषद्को यही पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायब

ताप्लेजुङमा धान उत्पादनमा वृद्धि

ताप्लेजुङ । यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ

आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१ औँ

टरिगाउँ विमानस्थल विस्तारको प्रयास

दाङ । तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भएको छ