८ आश्विन २०८१, मंगलबार | September 24, 2024

मानवसेवा आश्रमको स्थापना दिवसमा बुटवलमा रक्तदान



बुटवल । मानवसेवा आश्रम(मानवता प्रवर्द्धन महाअभियान)को १२ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान गरिएको छ । मानवसेवा आश्रम रुपन्देही बुटवल शाखाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुन्यको काम गर्दै आएको आश्रमले थप पुन्यको काम गरेको बताए । उनले बुटवल उपमहानरपालिका सडकआश्रीत मानव मुक्त नगरको रुपमा घोषण भैसकेको जानकारी दिँदै मानव सेवा आश्रमको परिवारसँग आफुले जहिले पनि सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे । सबै स्थानीय तहलाई उदाहरणीय कार्यको रुपमा मानवसेवा आश्रमले काम गर्दै आएको बताए ।

कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा जिल्ला अध्यक्ष कृष्ण चौहानले रक्तदान जस्तो महान अभियानमा सबैले साथ सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा मानवसेवा आश्रमा अभिभावक लोकनाथ भुषाल, मानवेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरुअधिकारी लगायतले आ आफ्नो माव सेवाका बारेमा धारणा राखेका थिए ।नेपाल रेडक्रस सोसाईटी रुपन्देहीरक्तसञ्चार सेवा केन्द्र बुटवलको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ९ : ३८ बजे

लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा

लुम्बिनी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा प्रशासनिक पूर्वाधार

लुम्बिनी विकास कोषका कोषाध्यक्ष र सदस्य सचिवमाथि निर्माणव्यवसायीबाट आक्रमण(भिडीयोसहित)

लुम्बिनी । लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माणव्यवसायीहरूले हातपात गरेका छन्

नेप्सेमा ५८ अङ्कको गिरावट, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५८ अङ्कको गिरावट आएको छ ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद

विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै

संयुक्त राष्ट्रसङ्घ । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा