३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भीम रावलको प्रश्न : टुँडिखेलमा नाराबाजी किन भयो भनेर खोज्ने की दमनमा उत्रिने ?



काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत नेता रावलले जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी हुने बताएका छन् ।

उनले भनेका छन्, ‘टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो । जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी । जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तब्य हो ।’

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  १ : २८ बजे

च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात

काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा पिएसजीले विजयी शुरुवात गरेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित