८ आश्विन २०८१, मंगलबार | September 24, 2024

बाँकेको गनापुरमा बस दुर्घटना, २ जनाको मृत्यु



नेपालगन्ज । बाँकेको हवलदारपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दाङबाट नेपालगन्ज आउँदै गरेको बस जानकी गाउँपालिका गनापुर नजिकै हवलदारपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु र कम्तीमा २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

आज बिहान दाङबाट नेपालगन्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस नेपालगन्ज पुग्नै लाग्दा गनापुरमा दुर्घटना भएको हो ।

घाइतेहरु मध्य २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुर स्थित मेडिकल कलेजमा १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । मृतकको नाम भने खुलिनसकेको उनले बताए ।

बस अत्याधिक गतिमा रहेका कारण अनियन्त्रित भएर पल्टेको स्थानीयलाई उदृढ गर्दै प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  १२ : ४५ बजे

सर्वोच्चद्वारा दुर्गा प्रसाईलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्ने

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

काठमाडौं । श्रीलंकाका लागि राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले आफ्नो नाम

आफ्नो निर्वाचन क्षेत्रको सडक मर्मत गरिदिन स्वास्थ्यमन्त्रीको अधिकारीहरु समक्ष हारगुहार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले खानेपानी तथा

धोबिघाटस्थित फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन

समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

नेपालगन्ज । उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको अकालमै