४ चैत्र २०८१, सोमबार | March 17, 2025

राष्ट्रपति पौडेलद्वारा भगवती रथजात्रा अवलोकन



पाल्पा । राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवतीको २०५औँ रथजात्रा (खटयात्रा) को आज अवलोकन गरेका छन् । प्रथम महिला सविता पौडेलसहित आज पाल्पा आइपुग्दा उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए ।

पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति पौडेल पाल्पाको तानसेन आइपुगेका हुन् । जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुगेका थिए ।

जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा–आराधना गरे । त्यसपछि राष्ट्रपति पौडेलले ‘द फेमस महिन्द्र दल गण’को निरीक्षण गर्नुका साथै पाल्पाका निर्वाचित जनप्रतिनिधिलगायतका सरोकारवाला निकायसँग भेटघाट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले खटयात्राको अवसरमा सबै नेपालीको सुख, शान्ति र कल्याणका लागि शुभकामना दिएका छन् ।

प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले रणउजिरेश्वरी भगवतीको मन्दिर पुरानै शैलीमा तीन तले बनाउन पुरातात्विक विभागले गरेको सिफारिस कार्यान्वयन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् । त्यस्तै पाल्पा दरबार र त्यहाँ निर्मित सङ्ग्रहालयसहित समग्र दरबार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा त्यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने चाहना र प्रयासलाई मूर्तरूप दिन उनले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति पौडेलले रथयात्रालाई अब प्रदेशस्तरीय निर्णयबाट राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने सरकारी तयारी चाँडै पूरा हुने विश्वास व्यक्त गरेको सल्लाहकार पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ३ : ३९ बजे

सुशासनका निम्ति भ्रष्टाचारीलाई संरक्षण गर्नुहुँदैन : जगप्रसाद शर्मा, राष्ट्रियसभा सदस्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य जगप्रसाद

काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा

यमनका हुथीमाथि अमेरिकाको आक्रमण जारी, ५३ जनाको मृत्यु

काठमाडौँ । यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि अमेरिकाले भिषण आक्रमण

कहिले सुरु हुन्छ सुनिता र बुचको अन्तरिक्षबाट फर्किने प्रक्रिया ?

काठमाडौं। अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किनेबारे