३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बुद्ध टेलिभिजन १७ औं वर्षमा प्रवेश : बुटवलका मेयरले गरे बुटवलमा मिडिया ग्राम स्थापना गर्ने प्रतिबद्धता



बुटवल । शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजन आजदेखि १७ औं प्रवेशमा प्रवेश गरेको छ । वि.स. २०६५ सालमा कृष्ण जन्माष्टमीको दिन टेलिभिजनले आफ्नो प्रशारण सुरुवात गरेको थियो ।

वार्षिकोत्सवको अवसरमा बुद्ध सामुदायिक टेलिभिजनको कार्यालय बुटवलमा आज आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समाज रुपान्तरणमा टेलिभिजनको महत्वपूर्ण भूमिका रहेको बताए । उनले निष्पक्ष पत्रकारिता गर्नको लागि जोड दिँदै नेपालमै पहिलो मिडिया ग्राम बुटवलमा स्थापना गर्ने र यसको सुरुवात यसै वर्षबाट गरिने जानकारी दिए ।

मिडिया हाउसहरु पछिल्लो समय आर्थिक संकटबाट गुज्रीएको बताउँदै उनले मिडिया ग्रामको स्थापना गर्न सके मिडिया हाउसलाई बचाउन सकिने बताए । मिडिया हाउस बाँचे मिडियाकर्मी बाँच्ने बताउँदै मेयर पाण्डेयले आफ्नै कार्यकालमा जस्तोसुकै परिस्थितीको सामाना गरेर भएपनि मिडिया ग्रामको स्थापना गराएरै छाड्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।

बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम प्रसाद ज्ञवालीले टेलिभिजनले समाजका कुरानै प्रमुख मुद्धा बनाउँदै आएको बताए । बुटवलमा मिडिया ग्रामको स्थापनाको आवश्यकता रहेको बताउँदै उनले उपमहानगरपालिकाले मिडिया ग्रामको स्थापना गरे मिडिया हाउसलाई ठुलो राहात मिल्ने बताए ।

बुद्ध सामुदायिक टेलिभिजनका पुर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षत्रीले टेलिजिभनले अबका दिनमा आफ्नै भवन निर्माण गरेर प्रशारणको लागि पहल गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बुटवल उपमहानगरपालिकाले मिडिया हाउस र मिडियाकर्मीको क्षमता बृद्धिको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गरे ।

वार्षिकोत्सवको उद्घाटन समारोह टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीको स्वागत तथा कार्यक्रम प्रमुख खेमराज रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । टेलिभिजनले वार्षिकोत्सवको अवसरमा रक्तदान, छात्रबृत्ति वितरण, तीज मिलन लगायतका रचनात्मक कार्यक्रम गरिने टेलिभिजनका कार्यकारी प्रमुख कपिल ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ९ : ०३ बजे

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको