३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बैकुण्ठधामको डिपीआरको सम्पूर्ण जिम्मा नेपालगन्ज उपमहानगरले लिन्छ : नगरप्रमुख विष्ट



नेपालगन्ज । बाँकेको राप्ती नदीको सिधनियाघाटमा बैकुण्ठधाम निर्माणको प्रयोजनका लागि गरिने धार्मिक आध्यात्मिक महोत्सवको आजबाट औपचारीक सचिवालय संचालनमा आएको छ । कार्तिक २२ देखि २७ गते सम्म नेपालगन्जको रामलिला मैदानमा गरिने धार्मिक महोत्सवका लागि आजबाट सचिवालय खोलिएको हो ।

कृष्णजन्माष्टमीको साईत पारे संचालनमा ल्याइएको सचिवालयको एक कार्यक्रमकाबीच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उदघाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैकुण्ठधामको डिपीआरको सम्पूर्ण जिम्मा उपमहानगरले लिने घोषणा गरे । “खासमा त्यहाँ आवश्यक जग्गा प्राप्ति लगायतका कामहरू स्थानीय सरकारले गर्नुपर्ने र स्थानीय सरकारको दायित्व पनि हो, तर निजी क्षेत्रबाट पहल हुनु सराहनीय कार्य हो ।” उहाँले भन्नुभयो, “जग्गा प्राप्तिका लागि खासै केही सहयोग गर्न नसकेपनि त्यसको डिपिआर गर्दा लाग्ने खर्च सबै उपमहानगरबाट व्यवस्थापन गर्नेछु ।”

उनले बैकुण्ठधाम बाँकेबासीको साझा सम्पत्ति भएकाले त्यसप्रति नकारात्मक धारणा नबनाईदिन नगरबासीमा आह्वान गरे । उनले लामो समयदेखि दाहसंस्कार स्थलको चर्चा गरिएपनि समयको माग अनुसार अहिले बैकुण्ठधाम निर्माणको कामले सार्थकता पाएको उल्लेख गर्दै हरेकले धाम निर्माणमा सहयोग गर्नुपर्ने औंल्याए । “अन्त्येष्टि स्थल सबैको साझा हो, सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ, तपाईँ सबैले यसका बारेमा सकारात्मक धारणा राख्नुहोस् ।” उनले भने ।

उनले आफुले ब्यक्तिगतरुपमा धाम निर्माणको सहयोगार्थ ५१ हजार प्रदान गर्ने घोषणा पनि गरे । धाम निर्माण गर्न ठुलो धनरासीको आवश्यकता पर्ने भएकाले मन फुकाएर सहयोग गर्न नगरबासीलाई आग्रह गरे ।

डुडुवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष झंक बहादुर थापाले आफुले बषौंदेखि देखेको सपना पुरा हुन थालेको बताए । उनले आफु बैदेशीक रोजगारीमा जाँदा देखेको अस्तिम संस्कार गर्ने स्थलको सजावत र व्यवस्थापनबाट आफुले राप्ती तटमा पनि ब्यवस्थित दाहसंस्कार स्थलको सपना देखेको बताउँदै अहिले बैकुण्ठधाम निर्माणका लागि देखिएको जागरणले आफु उत्साहित बनेको बताए ।

महोत्सव संचालन समितिका संयोजक डा. सुरेशकुमार कनोडियाले वास्तबिक धाम निर्माणका लागि पर्याप्त जग्गा आवश्यक पर्ने भएको उल्लेख गर्दै जग्गा प्राप्तीका लागि सबैको पहलकदमी आवश्यक रहेको बताए । राप्ती बग्ने भाग समेत लालपुर्जा वाला जग्गा परेका कारण धामका नाममा जग्गा प्राप्तीमा समस्या देखिएको बताउँदै उनले सबैको सहयोगमा त्यो समस्या पनि समाधान हुने विश्वास ब्यक्त गरे । उनले सिमित ब्यक्तिबाट धाम निर्माण सम्भव नभएकाले छिट्टै सबैलाई समेटेर ठुलो आकारको मुल समिति तथा उपसमितिहरु निर्माण गरिने जानकारी दिए ।

भोला महतको संचालन र श्रीराम सिग्देलले स्वागत गरेको कार्यक्रममा नेपालगन्जका उद्योगी व्यवसायीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । मुल समारोह समितिले बाचन शिरोमणी दीनबन्धु पोखरेलको मुख्य संयोजनमा कार्तिक २२ देखि २७ गते सम्म आध्यात्मिक महोत्सव आयोजना गर्ने भएको छ ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  १ : ०३ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको