३ आश्विन २०८१, बिहिबार | September 19, 2024

स्वमूल्यांकनमा उपमहानगरमध्येबाट बुटवल पहिलो



बुटवल । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजा अनुसार ११ वटा उपमहानगरपालिकामध्ये बुटवल उपमहानगरपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बुटवल उपमहानगरपालिकाले ८७ दशमलव ७५ अंक प्राप्त गरेर उपमहानगरपालिकाहरु मध्येबाट पहिलो भएको हो ।

आर्थिक बर्ष ७९/ ८० मा उक्त बुटबल पहिलो हुँदा हेटौंडा उपमहानगरपालिका ८६ दशमलव ५० अंक सहित दोश्रो, घोराही उपमहानगरपालिका ८५ दशमलव २५ अंकसहित तेश्रो बनेको छ ।

शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तिय एव आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन र सहकार्य र समन्वय लगायतका मापदण्डका आधारमा उपमहानगरहरुमा गरिएको मूल्यांकनमा बुटवल पहिलो भएको छ ।
यस्तै ८२ अंकसहित धनगढी उपमहानगरपालिका चौंथो स्थानमा रहेको छ भने कलैया उपमहानगरपालिका ८१ दशमलव ५५ अंकसहित पाँचौ स्थानमा रहेको छ ।
७९ दशमलव २५ अंकसहित इटहरी उपमहानगरपालिका छैंटौं स्थानमा रहँदा ७६ अंकसहित तुल्सीपुर सातौं स्थानमा रहेको छ ।

आठौं स्थानमा रहेको धरान उपमहानगरपालिकाले ७० दशमलव ७५ अंक प्राप्त गरेको छ भने नवौं स्थानमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाले ६४ दशमलव ६५ अंक प्राप्त गरेको छ ।

यस्तै दशौं स्थानमा जितपुर सीमरा उपमहानगरपालिका रहेको छ । उक्त पालिकाले ६४ दशमलव ५० अंक प्राप्त गर्दा उपमहानगरपालिकामध्ये सबैभन्दा कमजोर जनकपुर उपमहानरपालिकाको देखिएको छ । जनकपूरले ५९ दशलमव ५० अंक पाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ५ : २० बजे

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको