११ पुस २०८१, बिहिबार | December 26, 2024

विषयगत शिक्षक नहुँदा त्रैमासिक परीक्षा नै रोकियो



बर्दिया । जिल्लाको राजापुर नगरपालिका–४ मा रहेको अमर शहीद श्री दशरथ चन्द माध्यमिक विद्यालयमा सामाजिक विषयको शिक्षक नहुँदा कक्षा ९ को त्रैमासिक परीक्षा रोकिएको छ ।

नगरपालिकाले दरबन्दी मिलानका क्रममा विद्यालयमा कार्यरत सामाजिक विषयको शिक्षकलाई अन्यत्र सरुवा गरेपछि पदपूर्ति नहुँदा तीन महिनादेखि विद्यालयमा सामाजिक विषयको अध्यापन गराउने शिक्षक अभाव छ ।

दरबन्दी मिलानका क्रममा गत जेठमा नगरपालिकाले विषयगत शिक्षक सरुवा गरेपछि हालसम्म पनि पदपूर्ति नभएको विद्यालयका प्रधानाध्यापक सरोजकुमार झाले जानकारी दिए । उनका अनुसार कक्षा ९ मा एक सय ५० विद्यार्थी अध्ययनरत छन् ।

“अरु विषयको शिक्षक खभाव नभएकाले प्रश्नपत्र तयार गरी त्रैमासिक परीक्षा भइसकेको छ”, प्रअ झाले भने, “सामाजिक विषय शिक्षक अभावमा प्रश्नपत्र नबन्दा परीक्षा हुन सकेको छैन ।” उनका अनुसार सोही विषयको एकजना शिक्षक दुई वर्षअघि निलम्बनमा परेका थिए । उनको ठाउँमा आएका शिक्षक पनि दरबन्दी मिलानका क्रममा गत जेठमा सरुवा भएपछि पठनपाठन प्रभावित भएको हो । नगरपालिकासँग पटकपटक शिक्षक माग गरिरहेको भन्दै हालसम्म सुनुवाइ नभएको उनले उल्लेख गरे ।

विद्यालयमा सामाजिक मात्र नभई गणित, अङ्ग्रेजी विषय शिक्षकको समेत समस्या रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार उपाध्यायले बताए । “कक्षा १२ (प्लस टु)मा पनि राजनितिक शास्त्र विषयगत शिक्षक अभाव छ । पटकपटक शिक्षक माग गर्दा नगरपालिकाले कार्यविधि बनाएर व्यवस्था गर्ने बताउँदै आएको छ । नगरपालिकासँग समन्वय गरी समस्या समाधान गर्नेछौँ”, उनले भने ।

सामाजिक विषय शिक्षकसहित अभाव रहेका शिक्षकको दरबन्दी आव्हान गरेर शिक्षकको पदपूर्ति गर्ने योजना रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख दलबहादुर चौधरीले बताए । “तल्लो तहको शिक्षकले योग्यता पुगे माथिल्लो कक्षामा पढाउन सक्ने शिक्षा नियमावलीको प्रावधान छ । विद्यालयमा केही शिक्षकले पढाएको कक्षा कम देखिएका विद्यालयसँग बसेर छलफल गर्ने तयारीमा छौँ”, उनले भने ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ३ : २२ बजे

स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ

ज्येष्ठ नागरिकलाई सम्मान गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेष्ठ नागरिकको सीप, अनुभवलाई युवा

बुटवलमा भोलिदेखि प्रदेश स्तरीय लुम्बिनी क्लासिक-२०२४ पावर लिफ्टिङ प्रतियोगिता हुने

बुटवल । एक्टिभ प्लस फिटनेसको आयोजनामा भोलि शुक्रबारदेखि बुटवलमा प्रदेश

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार

जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै