९ आश्विन २०८१, बुधबार | September 25, 2024

उप्किएको ‘सेन्थेटिक ट्रयाक’ हेर्दै खेलकुद मन्त्रीले भने-‘रेखदेख गर्ने जिम्मा ठेकेदारको भएकाले चिन्ता लिनुपर्दैन’



नेपालगन्ज । एकजना खेलाडीले नटेक्दै निर्माण सम्पन्न भएको एक महिनामा उप्किएको नेपालगन्ज रंगशालास्थित विवादित ‘सेन्थेटिक ट्रयाक’ को युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्थलगत निरीक्षण गरेका छन् । दशौं राष्ट्रिय खेलकुदको पूर्व तयारी हेरेर सुर्खेतबाट नेपालगन्ज आइपुगेका मन्त्री चौधरीले आज साँझ नेपालगन्ज रंगशाला पुगेर उप्किएको सेन्थेटिक ट्रयाकको अवलोकन निरीक्षण गरेका हुन् ।

स्थलगत रुपमा निरीक्षण गरिसकेपछि मन्त्री चौधरीले हालै निर्माण सम्पन्न भएको सेन्थेटिक ट्रयाक हस्तान्तरण नहुँदै उप्किएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए । ‘ध्यानाकर्षण भएरै अनुगमन गर्न आएको छु ।’ उनले भने ।

सेन्थेटिक ट्रयाक अहिलेसम्म हस्तान्तरण नभएको उल्लेख गर्दै हस्तान्तरण नहुँदै ट्रयाक उप्केको हुँदा त्यसको सबै जिम्मेवारी ठेकेदारले लिनुपर्ने मन्त्री चौधरीले बताए । ‘मेन्टेन गरेर पनि अन्र्तराष्ट्रिय मापदण्ड अनुसार ओके भएपछि मात्रै सेन्थेटिक ट्रयाक हामी हस्तान्तरण लिन्छौ, त्यसपछि दुई वर्षमा कुनै बिग्रियो, उप्कियो वा केही भयो भने सम्पूर्ण मेन्टेन गर्ने, रेखदेख गर्ने जिम्मा ठेकेदारको भएको हुनाले त्यसमा चिन्ता लिनुपर्दैन,’ चौधरीले भने ।

राष्ट्रिय खेलकुद परिषदका निर्मित भौतिक संरचनाको संरक्षण गर्ने विषयमा मन्त्रालय गम्भिर रहेको उनले बताए । सबै भौतिक संरचना राखेपले मात्रै रेखदेख गर्न सक्ने अवस्था नरहेको भन्दै मन्त्री चौधरीले अर्बौ रुपैयाँको लगानी बनेका भौतिक संरचना बेवारिसे राख्न नहुने बताए ।

मन्त्री चौधरीले निरीक्षण गरिरहँदा राखेपका एक कर्मचारीले भने रंगशालाको माटोलाई दोष दिँदै मरमत गर्न पनि घाम लाग्नुपर्ने तर्क गरिरहेका थिए । उनले आफ्नै निगरानीमा ‘सेन्थेटिक ट्रयाक बनेको जनाउँदै माटो दबेका कारण ‘सेन्थेटिक ट्रयाक उप्किएको तर्क गर्दै थिए । उनले काठमाडौं स्थित दशरथ रंगशालाको ‘सेन्थेटिक ट्रयाकभन्दा नेपालगन्जको सामाग्री कम गुणस्तरको नभएको तर्क गर्दै थिए ।

हस्तान्तरण नहुँदै सेन्थेटिक ट्रयाक उप्किएपछि राष्ट्रिय खेलकुद परिषदले राखेपका सदस्य एल।बी। क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  १० : ४३ बजे

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

बिआरआइ परियोजनालाई राष्ट्र र जनताको हितमा सदुपयोग गर्न गहन चिन्तन गरौँः अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको विश्वव्यापी

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल

‘बार–बेञ्च समन्वय समितिको सहमति कार्यान्वयन भएन’

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको बार बेञ्च समन्वय

नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।