५ आश्विन २०८१, शनिबार | September 21, 2024

विपद् उद्धारका लागि विमान उपलब्ध गराउने अमेरिकी प्रतिबद्धता



काठमाडौं । संयुक्त राज्य अमेरिकाले विपद् उद्धार तथा राहत कार्यमा सहयोग गर्न नेपाललाई विमान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

विमान उपलब्ध गराउने दिशामा अमेरिकी विदेश मन्त्रालयअन्तर्गतका तीन ओटा विभिन्न अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त भएको यहाँस्थित अमेरिकी दूतावासले आज जनाएको छ । दुई देशहरूबीचको दौत्य सम्बन्धलाई सुदृढ तुल्याउने क्रममा उक्त सहयोगको प्रतिबद्धता व्यक्त गरिएको हो ।

सन् २०२१ मा अमेरिकाले सन् २०२५ जनवरीसम्म तीन करोड ७० लाख डलर बराबरका दुई ओटा एम २८ स्काइट्रक उपलब्ध गराउने सहमति भएको दूतावासले जनाएको छ । “छोटा धावनमार्गमा उडान र अवतरण गर्नसक्ने क्षमता भएका स्थिर पखेटा भएका विमान हुन् । यीमध्येको एउटा विमान हवाई एम्बुलेन्स हो”, दूतावासले भनेको छ । यस अनुदान कार्यक्रममा विमानचालक र मर्मतकर्ताका लागि तालिमको व्यवस्थाका साथै पाटपुर्जा सहयोग समेत समावेश गरिएको छ ।

सन् २०२२ मा अमेरिकाले नेपाललाई दुई ओटा बेल ४१२ हेलिकप्टर उपलब्ध गराउन सहमति जनाएको थियो । ती हेलिकप्टरहरू आगामी केही वर्षमा उपलब्ध हुने अपेक्षा गरिएको छ । चार करोड ४० लाख डलरको उक्त अनुदान कार्यक्रममा विमानचालक र मर्मतकर्ताका लागि तालिमको व्यवस्थाका साथै बन्दोबस्ती सहयोग समेत समावेश गरिएको छ ।

व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माले गत साता आफ्नो नेपाल भ्रमणका क्रममा अमेरिकाले अतिरिक्त हेलिकप्टर, तालिम र सहायता उपकरणका लागि थप १० करोड डलरको अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । यद्यपि, उक्त सहायता अमेरिकी कंग्रेसबाट सूचना प्राप्त भई आर्थिक स्रोतको उपलब्धता सुनिश्चित भएपछि प्रदान गरिने दूतावासको भनाइ छ ।

प्रकाशित मिति : ३ भदौ २०८१, सोमबार  ९ : ०७ बजे

नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

काठमाडौं । नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

बागलुङमा चट्याङ लागेर एकको मृत्यु

बागलुङ । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रंजना बुढाको गत

ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि

पर्वतका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु

काठमाडौँ । नेपालको संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट यही असोज

राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल