३ आश्विन २०८१, बिहिबार | September 19, 2024

पशुपतिमा कोटीहोम समापन भएकै राती प्रहरी र आयोजकबीच झडप



काठमाडौं । पटक पटक ठगी मुद्दामा सजाँय काटेका र पछिल्लो समय जोगीको भेष धारण गर्दै पशुपतिमा कोटीहोम लगाएका गुल्मीका बिजय भण्डारीलाई कोटीहोम सकिएकै राती प्रहरीले पक्राउ गर्ने असफल प्रयास गरेको छ । एक महिनासम्म शान्तिपूर्णरुपमा सञ्चालन भएको पशुपति कोटिहोममा समापनको रात भण्डारीलाई प्रहरीले पक्राउ गर्न खोजेपछि पशुपतिको बनकाली क्षेत्र तनावग्रस्त बनेको थियो ।

राति १० बजेतिर कोटीहोमस्थलमा अचानक प्रहरी प्रवेश गरि भण्डारीलाई नियन्त्रणमा लिन खोजेपछि भण्डारी समर्थक र प्रहरीबीच झडप भएको थियो ।

विजय भण्डारीबाट विजय कृष्णमूर्ति जी महाराज बनेका कोटीहोमका मुख्य आयोजक तथा संकल्पकर्ता भण्डारीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरको टोली कोटीहोम स्थल पुगेको थियो । प्रहरीले पक्राउ पूर्जि बिना भण्डारीलाई नियन्त्रणमा लिन खोजेपछि समर्थकहरु उत्तेजित बने । समर्थकहरुले प्रहरीमाथि जाईलागेपछि निकैबेर धकेलाधकेलको अवस्था सृजना भएको थियो ।

आफ्ना समर्थकको घेरामा रहेका भण्डारीले उनकै फेसबुक पेजबाट लाईभ गर्दै सरकारका विरुद्ध उत्तेजक अभिव्यक्ति दिएका थिए । उनले नेपालमा बंगलादेशको अभियान सुरु भइसकेको उदघेष गर्दै पाशुपति क्षेत्रलाई रणभुूमी बनाइदिने चेतावनी दिएका थिए । । उनले ओली सरकारको हालत श्रीलंका र बंगलादेशजस्तो बनाइदिने चेतावनी पनि दिएका थिए ।

समर्थकहरुको संख्या थपिँदै गएपछि प्रहरी उनलाई पक्राउ नगरि फर्केको थियो । प्रहरी फर्केपछि पनि कोटीहोम स्थलमा नाराबाजी र हो हल्ला कायम रहेको थियो । मध्यराती भण्डारीका एक समर्थकले कोटीहोमको हिसाव मागेपछि उनका समर्थकले हिसाव माग्ने ब्यक्तिमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

काठमाडौं प्रहरी प्रमुख बसन्त रजौरेले भण्डारीलाई सोधपुछका लागि मात्र बोलाउन खोजिएको बताएका छन् । भण्डारीमाथि यसअघि नै ठगीका आरोप लागेको थियो । उनले विगतमा अमेरिका पठाइदिने भन्दै मानिसहरुसँग पैसा उठाएको र सो मुद्दामा दोषी प्रमाणीत भएर उनले जेल सजाय भुक्तान समेत गरेका छन् ।

तीन महिना अगाडि मात्रै भण्डारीले प्रहरी प्रधान कार्यालयको लेटरहेडमा आफ्नो चरित्रको प्रमाणपत्र लिएको खुलासा भएपछि आफ्नो अपराधिक पृष्ठभूमि लुकाएर यो प्रमाणपत्र कसरी हासिल गरे भन्ने विषयमा सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिन खोजेको रजौरेको दाबी छ ।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  १० : २५ बजे

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको