३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बुटवलमा अपांगता भएकाहरुलाई डिजिटल परिचय पत्र



बुटवल । बुटवल उपमहानगरपालिकाले अपांगता भएकाहरुलाई डिजिटल प्रविधिबाट परिचय पत्र प्रदान गर्न शुरु गरेको छ। अपांगता भएका व्यक्तिहरुको लगत संकलन र सेवा प्रवाहलाई व्यवस्थित गर्न सफ्टवेयरमार्फत तथ्यांक संकलन गर्दै परिचय पत्र वितरण शुरु गरिएको हो।

बुधबार बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले डिजिटल परिचय पत्र वितरण गरेर यसको शुभारम्भ गरेकी थिइन्।

उनले नगरलाई डिजिटल रुपमा अगाडि लैजाने र डिजिटल प्रविधिका कारण सेवाग्राहीलाई सहज हुने विश्वास व्यक्त गरिन्।

बुटवल उपमहानगरपालिकाबाट परिचय पत्र लिएका ९ सय ६४ जना रहेको र बाँकी रहेका अपांगता भएका व्यक्तिहरुलाई नियमित रुपमा वितरण गर्ने सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख संगीता अर्यालले बताइन्।

उनका अनुसार बुटवलमा क वर्गको रातो परिचय पत्र लिने ३ सय, ख वर्गको निलो ४ सय २५, ग वर्गको पहेलो २ सय १३ र घ वर्गको सेतो परिचय पत्र लिने २८ जना अपांगता भएका व्यक्तिहरु रहेका छन्।

यसअघि परिचय पत्र लिएकाहरुले नयाँ परिचय पत्र लिन नपर्ने र हराएमा प्रतिलिपि लिँदा डिजिटल परिचय पत्र दिने व्यवस्था मिलाएको उनले बताइन्।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ८ : ५२ बजे

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने

‘लोकतन्त्र र संविधान’ विषयक पोस्टर कला प्रदर्शनी

काठमाडौँ । संविधान र लोकतन्त्रको महत्त्व बढाउन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको