१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी



काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ ।

यहि साउन २३ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा पेश भएका ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षमा जारी बैठकमा आइतबार केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, डा नारायण खड्का, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, सीता गुरुङ, मिनाक्षी झा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, कर्णबहादुर बुढा, टेकप्रसाद गुरुङ, सञ्जयकुमार गौतम, आङगेलु शेर्पा, दिनेशकुमार यादव, उदयशम्शेर राणा, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, राजीवविक्रम शाहले धारणा राखेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरु डा चन्द्रमोहन यादव, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, जानकी सिंह, प्राडा गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, अजयबाबु शिवाकोटी, भीम पराजुली, सुशीला थिङ, सीताकुमारी राना, सुशीला ढकाल ९आचार्य०, विद्यादेवी तिमिल्सिना र शान्ति परियार विकले धारणा राखेका थिए ।

आजको बैठक बिहान ११ बजेदेखि शुरु हुने छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १० : ५८ बजे

प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण

आम माफी दिइएकामा युएई सरकारप्रति कृतज्ञता व्यक्त

काठमाडौँ । सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा

जापानमा एसियन ब्रिज ईन्टरनेशनल स्कुलको औपचारीक उदघाटन

टोकियो, जापान । जापानको टोकियो स्थीत एसियन ब्रिज इन्टरनेशनल स्कुलको

दिपक बोहराका पार्थिव शरिर भैरहवा लगिने

काठमाडौं। आज बिहान निधन भएका प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र