१७ चैत्र २०८१, आइतबार | March 30, 2025

सडक बगेपछि साल्पासिलिछोमा आवागमन कष्टकर



भोजपुर । इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएकोे छ । यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा आवागमन कष्टकर भएको हो ।

बाढीबाट पुललगायत अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिए । बाढीले सडक बगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको बताए । बढीबाट रु पाँच करोड बराबरको क्षति भएको उनको अनुमान छ ।

गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्ला आवतजावत गर्ने तीनवटै सडकका सबै नाका बन्द भएका गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । गाउँपालिकाको बजेटले भत्केको सडक मर्मतसम्भार तथा बगेको स्थानमा नयाँ बनाउन नसकिने उनले बताए । बाटो बनाउन रु १० करोड लाग्ने उनको अनुमान छ । क्षति भएका संरचना बनाउन केन्द्र र प्रदेश सरकारलाई गुहार्नु विकल्प आफूहरूसँग नभएको पनि उनले बताए ।

बढीले वडा नं १ गौडेनी पुलमा रु एक करोड ५० लाख, वडा नं ३ मा इर्खुवाखोला लघुजलविद्युत् आयोजनामा रु एक करोड, वडा नं ५ र ६ को दोभाने फेदी सडकमा रु।एक करोड र भमला ढाँडगाउँ पुलमा रु १० लाख बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । यसैगरी, वडा नं ४ मा निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुलमा रु ४० लाख बढीको क्षति भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : ५४ बजे

४५ वर्ष अघि चोरी भई अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका वस्तु फिर्ता

काठमाडौँ । नेपालबाट विगतमा चोरी भएर अमेरिका पु¥याइएका २१ वटा

नेपालमा हुने पहिलो इन्टरनेसनल रनिङ कन्फ्रेन्स २३ जेठमा

काठमाडौं । नेपालमा खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला

फरार दुर्गा प्रसाई फेसबुक लाईभमा देखिए

काठमाडौं । प्रहरीले फरार भनेको बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईं

प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित भएको छ