३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कुलमान घिसिङको ३ वर्षे कार्यकाल : यस्तो छ प्रगति विवरण (पूर्णपाठ)



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा पछिल्लो नियुक्तिबाट कुलमान घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेका छन् । दोस्रो पटकका लागि उनलाई सरकारले २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्ति गरेको थियो ।

कार्यकारी निर्देशकमा नियुक्ती भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै घिसिङले ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष (आव) २०७८/७९ र आव २०७९/८० मा क्रमश: ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको बताए । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र आफूबीच प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता भएकोमा ८०र८१ को सम्झौताको प्रगति मुल्याँकनको क्रममा रहेको घिसिङले बताए ।

सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहरलगायतका विपन्न वर्गका घरपरिवारमा विद्युत पु¥याउन निःशुल्क मिटरसमेत वितरण गरिएको बताउँदै उनले बस्तिको विद्युतीकरण मात्र हैन स्थानीय निकायहरुसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमासमेत प्राधिकरणबाट ठूलो लगानी गरिएको बताए ।

निर्देशक घिसिङले आठ वर्ष अघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको बताए । प्रतिव्यक्ति ऊर्जा खपत १ सय ३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको पनि उनले बताए । घर–घर र वस्तिवस्तिमा बत्ति बाल्न मात्र होइन, उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको उनले दाबी गरे ।

उनले प्राधिकरण सरकारकै एक अङ्ग भएको स्पष्ट पार्दै सरकारसँग प्राधिकरणको कुनै विबाद नरहेको बताए । उनले सरकारले पनि खपत गरेको रकम तिर्नुपर्ने बताउँदै आएको बताउँदै उनले प्राधिकारणले सरकारबाट आउने कानुनसम्मत निर्देशन पालना गर्ने बताए । उनले डेलिकेटेड र ट्रंकलाईन बापतको बक्यौता रकम उद्योगीहरुले छिट्र्ट तिर्ने समेत विश्वास ब्यक्त गरे ।

निर्देशक घिसिङले लेखा समितिलाई अवश्यक कागजपत्र नै आफुले पठाएको बताउँदै सबै कागजपत्र आवश्यक र एक अर्काकासँग सम्बन्धित रहेको स्पष्ट पारे । प्रत्येक घण्टाको विवरण समावेश गरेर तयार गरिएको कागजपत्र र बिभिन्न बेलामा अदालतबाट आएको फैसलाहरु समेत सपोर्टका लागि पठाउँदा केही धेरै देखिएपनि सबै आवश्यक कागजपत्र नै भएको घिसिङको भनाई छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ३ : ०७ बजे

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने

‘लोकतन्त्र र संविधान’ विषयक पोस्टर कला प्रदर्शनी

काठमाडौँ । संविधान र लोकतन्त्रको महत्त्व बढाउन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको