३० आश्विन २०८१, बुधबार | October 16, 2024

बुटवल हस्पिटलमा रक्तदान, ७५ युनिट रगत संकलन



बुटवल । यस क्षेत्रमा रगतको अभाव भैरहेको समयमा बुटवल हस्पिटल प्रा लिले बिहिबार रक्तदान कार्यक्रम गरेको छ । रगतदान जीवन दानको नारा सहित आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको हो ।

रक्तदान कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स लगायतका कर्मचारीहरुले रक्तदान गरेका थिए । बुटवल हस्पिटल प्रा लिले भर्खरै नवनिर्मित भवनबाट सेवा प्रारम्भ गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष ललित खरेल, सचिव मोहन पाण्डे, मेडिकिल निर्देशक डा कृष्ण खनाल, वरिष्ठ डा नन्दु पाठकले बिरामीका लागि अत्यन्तै आवश्यक पर्ने रगतको अभाव हुन नदिन अस्पतालले नियमित रुपमा आफ्ना कर्मचारीहरु मार्फत रक्तदान गर्ने बताए ।

रक्त संचार केन्द्र बुटवलका प्रमुख राधा शर्माले रगत संकलनमा प्रयोग हुने व्याग अस्पतालका पदाधिकारीहरुलाई हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । सो अवसरमा ७५ युनिट रगत संकलन भएको थियो ।

रक्तदान कार्यक्रममा अस्पतालका चिकित्कहरु, नर्सिक कर्मचारी तथा अन्यकर्मचारीहरुले रक्तदान गरेका थिए । सो अवसरमा अस्पतालका उपस्थित भएका कतिपय बिरामीका आफन्तले पनि रक्तदान गरेका थिए । उनीहरुलाई अस्पतालका तर्फबाट प्रमाण पत्र प्रदान गरिएको थियो । पछिल्लो समय रंक्त संचार केन्द्रहरुमा रगतको माग अत्याधिक रहेका कारण रक्तदान कार्यक्रम अस्पतालले आयोजना गर्नु स्वागतयोग्य रहेको रक्तसंचार केन्द्र बुटवलका प्रमुख शर्माले बताइन ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ४ : ५७ बजे

पाँच रसियन आरोहीको शव काठमाडौँ ल्याइयो

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन

राष्ट्रियसभा अध्यक्ष र स्विस नेसनल काउन्सिलका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विजरल्यान्डको नेसनल काउन्सिलका

विपद्पछिको पुनःनिर्माण र पुनःव्यवस्थापनको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुुबानका

खजुरा रेडक्रसको युवा सर्कलमा पत्रकार दाहाल

खजुरा । नेपाल रेडक्रस सोसाइटी बागेश्वरी युवा सर्कल खजुराको अध्यक्षमा

डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या ५ पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’

डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको सङ्ख्या पाँच पुगेको