३० चैत्र २०८१, शनिबार | April 12, 2025

आइएमई पे एप मार्फत आन्तरिक हवाई टिकट अन्तर्गतको रिफन्डेबल टिकट फिचरको उत्साहजनक सफलता



काठमाडौ  । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्यामा उत्साहजनक रुपमा बृद्धि भइरहेको छ । सहज फिचर सगसगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको हो ।

अझै अहिले मनसुनको समयमा मौसमको फेरबदल भइरहँदा आइएमई पे मार्फत प्राप्त भएको यस रिफन्डेबल टिकट फिचरले ग्राहकहरुलाई ढुक्कले यात्राको लागि टिकट खरिद गर्ने हौसला प्रदान गरेको छ ।

आइएमई पे एप मार्फत प्रयोगकर्ताहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट(रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।

आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा टिकट रिफन्डेबल फिचरमा प्रयोगकर्ताहरूको बढ्दो संख्याले र उत्साहले अझै सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  २ : २८ बजे

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि ट्रिनेटी क्लब वालिङलाई

बुटवल । ट्रिनेटी युवा क्लब वालिङ बुटवलमा जारी प्रिती प्रथम

पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँदै रिडी क्षेत्रमा रहेको स्याङ्जाको हुनुमान वाटीका

गुल्मी । गुल्मीको रिडी क्षेत्रमा रहेको कालीगण्डकी गाउँपालिका स्याङ्जाको हनुमान

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौँ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको