३ आश्विन २०८१, बिहिबार | September 19, 2024

पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा-गुल्मी सडक पूर्णरुपमा बन्द



पाल्पा । पाल्पा-गुल्मी सडक अन्तर्गत बर्तुङ-रिडी खण्डको जोर्तेमा २ ठुला ढुङ्गाहरु खसेका कारण सडक यातायात पूर्णरुपमा बन्द भएको छ । आज अपरान्ह पहिरो सहित खसेको २ ठुला ढुङ्गाका कारण पाल्पा गुल्मीको सडक यातायात पूर्णरुपमा बन्द भएको हो ।

विभागीय लोडर प्रयोग गरी उक्त ढुङ्गा पन्छाउन नसकिएको जनाउँदै ब्रेकर सहितको एक्साभेटर सडक बन्द भएको स्थानतर्फ परिचालन भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । डिभिजन कार्यालयले भोलि बिहान १०ः०० बजे सम्म यातायात खुल्ने अनुमान गरेको छ ।

सडक कार्यालयले आज एक सूचना जारी गर्दै सो सडक प्रयोग गर्ने यात्रुहरुलाई वैकल्पिक सडकको प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ८ : ५० बजे

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य