७ आश्विन २०८१, सोमबार | September 23, 2024

बङ्गलादेशमा आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी



काठमाडौं । बङ्गलादेशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपालले सुरक्षा व्यवस्था कडाइ गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ ।

गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै सीमाक्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा उच्च निगरानी बढाइएको हो ।

केन्द्रीय सुरक्षा समितिको बैंठकको निर्देशनबमोजिम नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आवश्यकताका आधारमा जनशक्ति बढाएर सुरक्षालाई मजबुद बनाउन र परिस्थितिको मूल्याङ्कनसहित उच्च निगरानी र सतर्कता अपनाउन सर्कुलर भएको जनाएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले हाल तैनाथ गरिएका सुरक्षाकर्मीसँगै थप बल परिचालनगरी सुरक्षा व्यवस्था चुस्त बनाइएको जानकारी दिए । उनले भने, “नराम्रो घटना नहोस्, विदेशी मानिसहरू जथाभावी प्रवेश हुन नपाउन् भनेर सुरक्षा निगरानी र सतर्कता बढाइएका छौँ । विमानस्थल तथा देश भित्रिने र बाहिरिने नाकाका साथै विशेष गरी तराई र भारतीय सीमा क्षेत्रमा सुरक्षाकर्मीलाई चुस्त रहन र सम्भावित जोखिम आँकलन गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशनसमेत दिइएको छ ।”

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, नायब महानिरीक्षक कुमार न्यौपानेले अन्य मुलुकबाट मानिसको घुसपैठ हुनेतर्फ सतर्क रहँदै सीमा क्षेत्रमा जनशक्ति थपगरी सुरक्षा तैनाथी बढाइएको र उच्च सतर्कता अपनाइएको जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १० : २६ बजे

तिनाउको ड्याममा डुबेर एक भारतीय युवकको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित तिनाउ खोलाको पावर

गुल्मीमा सुक्खा पहिरोमा परी एक महिला बेपत्ता

गुल्मी । सुक्खा पहिरोमा परी गुल्मी मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित

संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतान्त्रिक आन्दोलनलाई

मेलम्चीमा भ्रष्ट्राचार गर्ने पूर्वसचिवसहित चार जनालाई ८ बर्षको जेल सजाय

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका