३ पुस २०८१, बुधबार | December 18, 2024

हिंसात्मक प्रदर्शनका बीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन राजीनामा, देशबाट पलायन



काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले पदबाट राजीनामा दिएकी छिन् ।

आरक्षण र कोटा विरोधी विद्यार्थी आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री हसिनाले आज पदबाट राजीनामा दिएकी हुन् । उनले राजीनामा दिएसँगै देश छोडेकी छिन् । देश छोड्ने क्रममा उनकी बहिनी शेख रहना पनि संगै गएकी छिन् ।

राजधानी ढाकामा हजारौं प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए ।
आरक्षण विरोधी आन्दोलन सोमबार थप चर्किएको छ । सो आन्दोलनका क्रममा सयौं प्रदर्शनकारीको मृत्यु भैसकेको छ ।

प्रधानमन्त्रीले देश छोडेपछि बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग पछिल्लो अवस्थाबारे छलफल गर्न लागेको बीबीसी बांग्लाले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : ३४ बजे

बुटवलमा आजदेखी औद्योगिक व्यापार मेला सुरु हुँदै, उर्जामन्त्री खड्काले उद्घाटन गर्ने

बुटवल । बुटवलमा आजदेखी औद्योगिक व्यापार मेला बुटवल-२०८१ सुरु हुँदैछ

चितवनले कर्णालीविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार इलिमिनेटर खेल हुँदैछ

तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन

मङ्सिरमा घरजग्गाको कारोबारबाट करिब चार अर्ब राजश्व सङ्कलन

काठमाडौं । अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट

सूर्योदय र कुहिरो

तनहुँ । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट बुधबार बिहान देखिएको सूर्योदयको