३ आश्विन २०८१, बिहिबार | September 19, 2024

पेरिस ओलम्पिकमा ६० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो स्थानमा



काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ६० देशले पदक जितेका छन् । शुक्रबार सम्पन्न खेलपछि ४० देशले स्वर्ण पदक जितेका छन् भने कुल ६० देशले पदक जितेका छन् ।

जसमा चीन १६ स्वर्ण, १२ रजत र ९ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ  भने अमेरिका १४ स्वर्ण, २४ रजत र २३ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै आयोजक फ्रान्स १२ स्वर्ण, १४ रजत र १५ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया १२ स्वर्णसहित ८ रजत र ७ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यसैगरी ग्रेट ब्रिटेन १० स्वर्ण, १० रजत र १३ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ९ स्वर्ण, ७ रजत र ५ काश्य पदक जितेको छ भने जापानले ८ स्वर्णसहित ५ रजत र ९ काश्य पदक जितेको छ ।

त्यसैगरी इटालीले ६ स्वर्ण, ८ रजत र ५ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ६ स्वर्ण, ४ रजत र ४ काश्य पदक जितेको छ । त्यस्तै क्यानडाले ४ स्वर्ण, ४ रजत र ७ काश्य पदक जितेको छ भने जर्मनीले ४ स्वर्ण, २ रजत र २ काश्य पदक जितेको छ ।

त्यसैगरी रोमानिया, हंगेरी र आयरल्याण्डले ३-३ स्वर्ण पदक जितेका छन् भने न्यूजील्याण्ड, क्रोसिया, बेल्जियम, हङकङ र अजरबैजानले २-२ स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी ब्राजिल, इजरायल, स्विडेन, जर्जिया, स्वीजरल्याण्ड, स्पेन, काजकिस्तान, दक्षिण अफ्रिका, युक्रेन, उज्बेकिस्तान, चेक रिपब्लिक, ग्वाटेमाला, अर्जेन्टिना, डोमिनिक, इक्वेडर, स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, फिलिपिन्स, सर्बिया र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा मेक्सिको, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, जमैका, कोसोभो, टर्की, डेनमार्क, इथोपिया, फिजी,  मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, चाइनिज ताइपेइ, अस्ट्रिया, इजिप्ट, ग्रेनाडा, लुथियाना, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ८ : ५२ बजे

संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही संविधानले दिएको स्वतन्त्रताको

‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ !

म्याग्दी । चारै तिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा

इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली

म्यानचेस्टर सिटी इन्टर मिलानसँग बराबरीमा रोकियो

काठमाडौं । म्यानचेस्ट सिटीले युइएफए च्याम्पियन्स लिगमा औसत शुरुवात गरेको

बैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाइने

काठमाडौं । नेपाल सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय