३ आश्विन २०८१, बिहिबार | September 19, 2024

एमाले उपाध्यक्षमा गुरु बराल मनोनित



काठमाडौं । नेकपा (एमाले)को उपाध्यक्षमा गुरु बराल मनोनित भएका छन् ।

सिंहदरबार अगाडिको एक होटलमा आज बसेको एमाले सचिवालय बैठकले स्थायी कमिटी सदस्य गुरू बराललाई उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको हो ।

तत्कालिन उपाध्यक्ष सुवास नेम्वाङको मृत्युपछि यो पद खाली थियो । बैठकले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । बैठकले सात प्रदेशका इन्चार्ज पनि तोकेको छ ।

साथै सातै प्रदेश इन्चार्ज पनि तोक्ने निर्णय भएको छ। जसअनुसार कोशीमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरख बोगटी, सुदूरपश्चिममा लेखराज भट्टलाई तोकिएको छ।

 

 

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ४ : ३५ बजे

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य