३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भदौ ५ अगावै स्याउ नटिप्न आग्रह



कर्णाली । जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयले वडा नं १-९ सम्मका सबै स्याउ बगैँचा धनी र व्यापारीलाई भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको छ ।

पालिकाले जुम्लाबाट सुर्खेत, नेपालगञ्ज, बुटवल, नारायणगढ, काठमाडौं हुँदै देशका विभिन्न जिल्लाका सहरमा भदौ पहिलो साता अगावै निर्यात गर्न नदिने निर्णय गरेको अध्यक्ष मोतिलाल रोकायले जानकारी दिए ।

उनले भने, “भदौअघि नै टिप्न थाल्यो भने स्याउ परिपक्व नहुने, रङ नभरिने, उपभोक्ताले आवश्यक स्वाद प्राप्त नगर्ने, काँचो स्याउले जुम्ली जैविक स्याउको कुप्रचार मात्र नभई यहाँको बदनाम हुने तथा किसानले सोचेको मूल्य नपाउने कुरालाई गहन अध्ययन गरी तोकिएको मितिभन्दा अगाडि स्याउ सङ्कलन तथा निकासी गर्न रोक लगाइएको हो ।”

पालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत जगबहादुर बस्नेतले पालिकाको निर्णयानुसार भदौ ५ गतेअघि स्याउ बगैँचा धनीलाई स्याउ सङ्कलन र व्यापारीलाई निकासी नगर्न सार्वजनिक सूचना गरिएको बताए । उनका अनुसार भदौ ५ गतेपछि पालिकाको कृषि शाखा र सम्बन्धित वडाको सिफारिस लिएर मात्र स्याउ निकासी गर्न सार्वजनिक सूचनामार्फत सरोकारवालालाई जानकारी गराइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १० : ५६ बजे

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित