३१ भदौ २०८१, सोमबार | September 17, 2024

एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले दिए पदबाट राजीनामा



बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले आफ्नो पदबाट राजीनामा दिएका छन् । गिरीले मंगलबार नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा पठाएपनि मुख्यमन्त्रीले सपथ लिएपछि मात्र राजीनामाको औपचारिक जानकारी दिन भन्दै सार्वजनिक गरेका थिएनन् ।

खबरकुरासँग कुरा गर्दै गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पठाएको जानकारी दिए । उनले राजीनामा पठाएपनि स्वीकृत भएको जानकारी आफुले नपाएको बताए । ‘मैले अध्यक्ष कमरेडलाई राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको बारे जानकारी छैन, मलाई केही भन्नुभएको पनि छैन ।’ उनले भने ।

मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताए । मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नगरि सिधै महासचिव शंकर पोखरेलको ठाडो निर्देशन आएको भन्दै एमालेमा असन्तुस्टी देखिएको छ ।

महासचिव पोखरेलको सिधै एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेललाई फोन गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्तका लागि सिफारिस गर्न निर्देशन दिएको एमालेका एक सांसदले बताए ।

 

 

 

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १० : ०३ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित