२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सीसीएमा अध्ययनरत अनिश सराफ र संयोग आचार्य एसीसीए परीक्षामा ‘वर्ल्ड टपर’



काठमाडौं । एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए)को जुन २०२४ को परीक्षामा अनिशकुमार सराफ र संयोग आचार्य ‘वर्ल्ड टपर’ बनेका छन्।

काठमाडौँको थापागाउँस्थित सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए)मा अध्ययनरत दुवै विद्यार्थीले टी एक्स पेपरमा ९६ अंक ल्याएर ‘वर्ल्ड टपर’ भएका हुन्। यो पेपरको परीक्षामा विश्वभरबाट हजारौँ विद्यार्थी सहभागी थिए।

सीसीएका बजार निर्देशक मनीष शर्माका अनुसार विद्यार्थीहरुको कडा परिश्रमका साथै शिक्षकहरुबाट गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै कलेजको उपयुक्त वातावरण र पूर्वाधारले यो उपलब्धि हासिल गर्न सफल भएको हो ।

१८ वर्षदेखि एसीसीए कक्षा सञ्चालन गर्दै आएको सीसीए कलेज आईएसओ ९००१ः२०१५ सर्टिफिकेट पाउने पहिलो एसीसीए कलेज हो।

व्यवहारिक पठनपाठन तथा विद्यार्थीको उत्कृष्ट नतिजा ल्याइइरहेको सीसीए एसीसीएको प्लाटिनम लर्निङ पार्टनर हो।

विश्वका १७९ देशमा फैलिएको एसीसीएमा ५ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : २६ बजे

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी