३ आश्विन २०८१, बिहिबार | September 19, 2024

ओली सरकार विगतका सरकारको निरन्तरता मात्र : लिङदेन



काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी ओलीलाई अहिले विश्वासको मत दिन आवश्यक नरहेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मतमाथिको छलफलका क्रममा बोल्दै लिङ्देनले ओली नेतृत्वको सरकार विगतको निरन्तरता मात्रै भएका कारण विश्वासको मत दिन आवश्यक नभएको बताएका हुन् ।

उनले विश्वासको मत दिनका लागि दलहरू सच्चिन जरुरी रहेपनि अहिले त्यसको कुनै सम्भावना नरहेको बताए । ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने आवश्यकता छैन । यो विगतको निरन्तरता मात्रै हो ।’ लिङ्देनले भने ।

उनले विकृतको अन्त्य हुने कुनै सम्भावना नरहेको भन्दै विगतमा राजाको मुख्यसचिवलाई कसले अख्तियारको प्रमुख बनायो भन्दै दलहरुलाई प्रश्न समेत गरे । ‘राजाको विरोध गर्ने, अहिले पनि समस्या पर्‍यो भने राजाको विरोध गर्ने तर राजाको मुख्यसचिव ल्याएर अख्तियार प्रमुख कसले बनाएको ? फाइल खोल्न थालेपनि महाभियोग फेरि तपाईँहरूले नै लगाएको होइन ? तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नाम नलिई उनले भने ।

 

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ४ : १३ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको