३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सिमलताल बस दुर्घटना : भारतीय उद्धार टोलीद्वारा त्रिशुलीमा खोजी जारी



चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेको बस तथा यात्रुको अवस्था पत्ता लगाउन भारतबाट आएको टिमले खोजी कार्य जारी राखेको छ ।

शनिबार नेपाल आएका भारतीय टोलीले आइतबार बिहानदेखि त्रिशुली नदीमा बसको खोजी जारी गरेको हो । भारत सरकारको सहयोगमा त्यहाँस्थित नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली शनिबार नेपाल आइपुगेको हो ।

भारतबाट कुनाल तिवारीको नेतृत्वमा खोजी दलको १२ सदस्यीय टोली नेपाल आएर शनिबार घटनाको पूर्ण विवरण बुझेको छ । टोलीले धमिलो पानीमा समेत खोजी गर्न सक्ने प्राविधिक उपकरण ल्याएको बताइएको छ । भारतीय टोलीले नेपालको गोताखोर टोलीसँग मिलेर खोजी गर्दाका जोखिम क्षेत्र पहिचान योजना बनाई घटनास्थलको अवस्थिति बुझेको छ ।

गत असार २८ गते त्रिशूली नदीा खसेका दुई बस अझै भेटिएका छैनन् भने कम्तिमा ३७ यात्रु अझै बेपत्ता छन् । हालसम्म २५ जनाको शव फेला परेकामा १८ जनाको सनाखत भएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १० : ४४ बजे

च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात

काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा पिएसजीले विजयी शुरुवात गरेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित