३१ भदौ २०८१, सोमबार | September 17, 2024

कोइलाबास भन्सार कार्यालयले लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन



दाङ । दाङको एक मात्र भन्सार कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा रु एक करोड ४० लाख ७६ हजार ९० राजस्व सङ्कलन गरेको प्रमुख दीपक शर्माले जानकारी दिए । भन्सार कार्यालयले गत आर्थिक वर्षका लागि रु एक करोड एक लाख ३८ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको थियो । भारतबाट प्यूठानको स्वर्गद्वारी, दाङको चौघेरा, रिहारलगायत धार्मिक क्षेत्रको भ्रमणका लागि आउने तीर्थयात्रीका सवारी साधनबाट बढी राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समय दाङ आसपासका क्षेत्रमा भारतीय पर्यटकहरुको बाक्लो उपस्थिति हुने गरेको छ । यसरी आउने भारतीय पर्यटकहरुबाट भन्सार कार्यालयले दुईपाङ्ग्रे सवारी साधनको एक दिनको रु दुई सय र चारपाङ्ग्रे सवारी साधनबाट एक दिनको रु छ सय राजस्व लिने गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि रु एक करोड ६३ लाख छ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  २ : ३७ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित