३ आश्विन २०८१, बिहिबार | September 19, 2024

स्पेनले जित्यो युरोकपको उपाधि



काठमाडौं । इङ्ल्याण्डलाई पराजित गर्दै युरोकप-२०२४ को उपाधि स्पेनले हात पारेको छ । सोमबार राति १२:४५ मा भएको फाइनल खेलमा इङ्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधि कब्जा गरेको हो ।

स्पेनका लागि निको विलियम्स र मिकेल ओयार्जाबालले एकरएक गोल गरे । स्पेनका विलियम्सले खेलको ४६ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । विलियम्सले लामिन यामलको पासमा गोल गरेका थिए ।

७३ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।

तर, निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा ओयार्जाबालले गोल गर्दै स्पेनलाई जित दिलाए । मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए ।

योसँगै स्पेन चौथो पटक युरोकप विजेता बनेको छ भने इङ्ल्याण्ड लगातार दुई पटक फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको छ । यसअघिको युरोकपमा इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : १८ बजे

मौलिक हकको अक्षरश : कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण

च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात

काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा पिएसजीले विजयी शुरुवात गरेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र