२ बैशाख २०८२, मंगलबार | April 15, 2025

कोशीमा सरकार पुनर्गठनको तयारी



काठमाडौं । कोशी प्रदेशमा सरकार पुनर्गठनको तयारी भएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रलाई हटाएर कांग्रेसलाई सरकारमा सामेल गराउने तयारी गरेका हुन् । केन्द्रमा कांग्रेस(एमालेको गठबन्धन बनेसँगै त्यसको असर प्रदेशमा समेत परेको छ ।

हाल कोशीमा एमाले र माओवादी केन्द्र सरकारमा छन् भने नेकपा एकीकृत समाजवादी र जसपाले समर्थन जनाएका छन् । माओवादीले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर, स्वास्थ्यमा राजेन्द्र कार्की, भौतिक पूर्वाधार मन्त्रीमा गणेश उप्रेती र बन्दना झाँगर पर्यटन राज्यमन्त्री रहेका छन् ।

मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रमा मन्त्रीलाई राजीनामा दिन सन्देश पठाएको र राजीनामा नदिए बर्खास्त गर्ने भएका छन् । अर्कोतर्फ माओवादी केन्द्रका मन्त्रीहरुले केन्द्रको निर्देशन अनुसार निर्णय लिने बताएका छन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १ : ३५ बजे

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, ग्यासको यथावत

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

जागरण अभियानका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितको टोली बर्दघाटमा

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तराई मधेश

नेपाली सेनाको पदयात्रा टोलीलाई पाल्पामा स्वागत

पाल्पा । नेपाली सेनाको पदयात्रा टोली पाल्पा आइपुगेको छ ।

बुटवलमा उत्पादीत भोला, करेन्ट र जीत ब्राण्डको गुट्खा, सुर्तीलाई देशैभर बिक्रि वितरणमा रोक

काठमाडौं । उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति

त्रिविमा रेक्टरको जिम्मेवारी प्राडा दुवीनन्द ढकाललाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर)को जिम्मेवारी प्राडा दुविनन्द ढकालले