७ पुस २०८१, आइतबार | December 22, 2024

नेपालगन्ज-गुलरिया हुलाकी सडक निर्माणको काम रोकियो, ठेकेदार कम्पनीबाट उपकरण फिर्ता



खजुरा । ठेकेदार कम्पनीले समयसीमा भन्दा अगावै कार्य सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणलाई तिब्रता दिएको नेपालगन्ज-गुलरिया सडक अन्तर्गतको हुलाकी सडक निर्माणको काम रोकिएको छ । कार्य सम्पन्न गरिसकेको ७० करोड बढी रकम सरकारले भुक्तानी नगरेपछि काम ठेकेदार कम्पनीले काम रोकेको छ ।

शर्मा एण्ड कम्पनीले पाएको ठेक्काको काम ठेक्का सम्झौताको १ वर्ष पहिले नै सम्पन्न गर्ने गरि काममा तिब्रता दिएको सडकमा प्रयोग हुँदै आएको उपकरणहरु कम्पनीले फिर्ता लगेको छ भने मजदुरहरुलाई पनि बिदा गरेर घर पठाएको छ । काम सम्पन्न भएर सबै भुक्तानीका लागि आवश्यक पर्ने प्रक्रिया पुरा गर्दा पनि अर्थमनत्रालयबाट बजेट निकासा नभएको शर्मा एण्ड कम्पनीका सडक डिभिजन अन्तर्गतका योजना प्रमुख नबिन शर्माले बताए । ७० करोड बढीको काम सम्पन्न गरेर भुक्तानीका सबै प्रक्रिया पुरा गर्दा पनि भुक्तानी हुन नसकेपछि काम रोक्न बाध्य हुनुपरेको शर्माले बताए ।

नेपालगन्ज गुलरिया हुलाकी सडकको ११.६ किलोमिटर चारलेन र १६.०२ किलोमिटर दुई लेन गरी २७.६२ किलोमिटर लामो सडक विस्तार कार्य २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुने गरी शर्मा एण्ड कम्पनीले २०८० माघ १५ गतेदेखि निर्माण कार्य शुरु गरेको थियो । एक वर्षको अवधिमा करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले दाबी गरेको छ ।

ठेकेदार कम्पनीले धमाधम काम अगाडि बढाएपनि हुलाकी सडक निर्देशनालयले भने कार्य सम्पन्न भएको मध्य ७० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको कार्यालयले जनाएको छ । करोडौंको काम सम्पन्न गरिसक्दा पनि भुक्तानी नपाएपछि हुलाकी सडक निर्देशनालयको नेपालगन्ज कार्यालयका प्रमुख लिलाबहादुर भण्डारीले क्षमा याचना गरेका छन् । आयोजना प्रमुख भण्डारीले सामाजिक सञ्जाल मार्फत भुक्तानी हुन नसकेकोमा क्षमा माग्दै समस्याको शीघ्र समाधानको कामना समेत गरेका छन् । ‘नियमानुसार ठेक्का व्यवस्थापन भई निर्माण सम्पन्न कामको भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायी प्रति पर्न गएको अपुरणिय क्षति, तनाव र असहजताका लागि लागि कार्यालय परिवारको तर्फबाट क्षमा प्रार्थी छौ,’ भण्डारीले लेखेका छन्, ‘निर्माण व्यवसायी भुक्तानी लिने एउटा माध्यम मात्र हो । अधिकांश भुक्तानी भएको रकम पुनः जाने बजारमा नै हो । निर्माण व्यवसायीलाई हुन नसकेको भुक्तानीको विषयलाई सामान्य रुपमा नसोचौँ । यसले समग्र बजार र अर्थतन्त्रमा निकै ठूलो हिस्सा तथा अर्थ राख्दछ । कुरा र तर्क धेरै गर्न सकिन्छ त्यता नलागौं ।’

कार्य सम्पन्न प्रतिबेदनका आधारमा भुक्तानी गरिदिन अर्थमन्त्री वर्षमान पुनले निर्देशन दिएपनि सरकार अल्पमतमा परेपछि मन्त्रीको निर्देशन बिपरित अर्थ सचिवले फायल अगाडि नबढाएको स्रोतको दाबी छ । अर्थ सचिव मधु मरासिनीले नयाँ गठबन्धन सरकारलाई खुसी बनाउने नियतले भुक्तानी रोकेको स्रोतले जनायो ।

शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर बाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा सडक निर्माणको जिम्मा पाएको छ ।

सोही सडक अन्तर्गत खजुरा बजार खण्डको १८ सय मिटर सडक भने अर्का ठेकेदार कम्पनी गजुमुखी निर्माण प्रालीले कन्तबिजोग बनाएर छाडेको छ । गुणस्तरहिन सडक बनाएको गजुरमुखीले निर्माण सम्पन्न नहुँदै दर्जनौ स्थानमा तालतुल पार्दै काम गरेको दाबी गरेको छ । गुणस्तरहिन कार्य गरेको र पटक पटक म्याद थप गर्दापनि काम सम्पन्न नगर्ने ठेकेदार कम्पनी आफैले सडक बिभागका बिरुद्ध मुद्दा दिएर सडक निर्माणको कामलाई अन्यौलमा राखिदिएको छ ।

 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १ : २८ बजे

टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु

तेह्रथुम । खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको

राज्यमन्त्री आफै किनमेल गर्न भारतीय बजारमा, भारतमा गाडी दुर्घटना हुँदा राज्यमन्त्री घाइते

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम भारतीय

‘वर्तमान सरकारलाई असफल हुने छुट छैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पत्रकार महासंघ बाँकेका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ र पदस्थापन सम्पन्न

नेपालगन्ज । गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको