काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।
विहिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । राप्रपाले कांग्रेस-एमालेको नयाँ गठबन्धनमा सहभागी हुने बारेमा भने पछि निर्णय गर्ने भएको छ । राप्रपाले नयाँ सरकारले उठाउने एजेण्डालाई हेरेर निर्णय गर्ने बताएको छ ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिदै छन् ।
प्रतिनिधि सभामा राप्रपाका १४ सांसद रहेका छन् ।
प्रतिक्रिया