२ चैत्र २०८१, शनिबार | March 15, 2025

पाल्पाको दोभानमा स्कुटी दुर्घटना हुँदा डिङ्गनगरका विवेकको मृत्यु



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको दोभानमा स्कुटी दुर्घटना हुँदा तिलोत्तमाका एक युवकको मृत्यु भएको छ भने मृतककी बहिनी गम्भीर घाइते भएकी छन् ।

आज साँझ ६ः१५ बजे भएको स्मुटी दुर्घटनाबाट स्कुटी चालक रुपन्देही तिलोत्तमा ४ डि‌ङ्गानगरका २१ वर्षिय विवेक अधिकारीको मृत्यु भएको छ भने स्कुटी चालक अधिकारीकी बहिनी १७ वर्षिया रश्मी अधिकारी गम्भीर घाइते भएकी छन् ।

बुटवलबाट तानसेन तर्फ जाँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशा तर्फबाट आउँदै गरेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा एक(आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै प्रहरी चौकी दोभानको प्रहरी टोलिले घाइते दाजु बहिनीलाई बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएकोमा बिवेकलाई चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए । घाइते रश्मीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर उक्त सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ९ : ४८ बजे

दुर्घटनामा एकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि आज बिहान

दूध बेचेर मासिक दुई लाख कमाइ!

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला

सुनिता र बुचलाई फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेपण

काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट

घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार

काठमाडौं । ब्राजिलका सुपरस्टार फुटबलर नेइमार फेरी घाइते भएका छन्

निटफेस्टमा १२ देशका १७ नाटक

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२