३१ भदौ २०८१, सोमबार | September 17, 2024

समाजवादी मोर्चालाई सक्रिय बनाउन छलफल



काठमाडौं । समाजवादी मोर्चाको पुनर्गठन हुने भएको छ  । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपासहितका दलका शिर्ष नेताहरुको बैठकले समाजवादी मोर्चालाई पुनर्गठन गर्ने बारेमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

आज पुनर्गठनको लागि प्रारम्भिक छलफल भएको र नेताहरुले थप गृहकार्य गरेर अर्को बैठक बस्दा पुनर्गठन हुने उनले बताए  ।

सत्ताबाट बाहिरिने निश्चित भएर प्रतिपक्षमा बस्नुपर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई सक्रिय बनाउन लागेका हुन् । यस अघि जसपा बिभाजन भएदेखि नै समाजवादी मोर्चा निष्क्रिय प्रायस् रहेको थियो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सहभागी थिए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ८ : ५३ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित