२ कार्तिक २०८१, शुक्रबार | October 19, 2024

बाढीपहिरो अपडेट : देशभर ८३ जनाको मृत्यु, १०६ घाइते



काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ८३ जनाको मृत्यु भएको हो । जसमा ३३ पुरुष र २५ महिला, २५ बालबालिका रहेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक ९डिआईजी० दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला, १९ बालबालिका रहेका छन् । घाइतेको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता हुनेमा दुई पुरुष र तीन महिला रहेका छन् ।

उक्त समयमा बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायको क्षति भएको छ । यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए । वर्षा पहिरोका कारण आठ सय ५८ घर विस्तापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ ।

मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेको र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण देशभर एक हजार एक सय १७ घटना घटेको र जसका कारण दुई हजार नौ सय ५४ घरपरिवार विस्तापित भएको प्रहरी प्रवक्ता कार्कीले बताए । उक्त घटनामा रु १० करोड ७० लाख ४० हजार नौ सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ११ : ४१ बजे

अब सबै बस भैरहवा बसपार्कबाट

भैरहवा । भैरहवाबाट अव्यस्थित रुपमा सञ्चालन हुँदै आएको लुम्बिनी सडकको

विसं २०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ

सभापति लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा रु डेढ अर्ब अपचलन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराको

गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौं : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

१५ औँ महाधिवेशनमा सभापतिमा उठ्छु, ‘कन्फ्युजन’ मा नपर्नु होला : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औँ