३० चैत्र २०८१, शनिबार | April 12, 2025

सत्ता समीकरण फेरिएपनि मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत



काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज प्रदेशसभामा विश्वासको मत लिएका हुन् ।

मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । जनमत पार्टीसँग प्रदेशसभामा १३ प्रदेशसभा सदस्य छन् । कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा आज १०१ जना प्रदेश सभा सदस्यहरुको उपस्थिति रहेको थियो । मुख्यमन्त्री सिंहलाई विश्वासको मतको पक्षमा ६७ मत प्राप्त भएको छ । विपक्षमा ३४ प्रदेश सभा सदस्यहरुले मत हालेका छन् ।

मुख्यमन्त्री सिंहलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी लगायतका सांसदहरुले विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्री बन्दा सिंहलाई माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीलगायत दलको समर्थन थियो । विश्वासको मत लिनुभन्दा पहिले नै मुख्यमन्त्री सिंहले माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीसहित चार दललाई सरकारबाट हटाएर ६ जना मन्त्री बर्खास्त गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : २६ बजे

प्रतिनिधिसभाको एक स्थान रिक्त

काठमाडौं। प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको छ। संघीय

नेपाल चारदेशीय टी-२० आई सिरिजको फाइनलमा

काठमाडौं । नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा सञ्चालन

बुटवल । नयाँ वर्षसंगै युनिक डेन्टल एन्ड इम्प्लान्ट सेन्टर प्रा.लि.ले

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने विदेशी नागरिकलाई सजाय हुने

वासिङटन डिसी। अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले